कौसी खेतीमा हेरचाह तथा गोडमेल

  • गमला, प्लाष्टिक तथा संरचनामा सारेको बिरूवालाई बराबर हेरचाह र हल्का गोडाईको आवश्यकता पर्दछ ।
  • बोटलाई साना साना करिब १ मिटर लामो बांसको कप्टेरा वा लठ्ठी गाडी सहारा दिनु पर्दछ ।
  • लहरेबालीलाई डोरीको सहायताले बढन दिनु पर्दछ ।
  • कौसीमा खेती गरिएका फलफुल र तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ ।
  • बढी सुख्खा र बढी पानी हुन दिनु हुदैन । कहिलेकाही चर्को घाम लाग्दा प्लाष्टिक तथा भाडा तातेर बिरूवा ओइलाउन थाल्दछ । त्यो अवस्थामा छहारीतिर सार्नु पर्दछ ।