कौसी खेतीमा रोग तथा कीरा ब्यबस्थापन

कौसी खेतीमा रोग तथा कीरा ब्यबस्थापन

कौसी खेतीमा रासायनिक बिषादीको प्रयोग सकेसम्म नगर्नु राम्रो हुन्छ । परम्परागत तरिकाबाट तयार गरिएका बानस्पतिक विषादी प्रयोग गर्दा राम्रो हुन्छ । स्थानिय स्तरमा उपलब्ध खरानी, साबुन पानी, बकैनो, निम आदिको झोल प्रयोग रोग तथा कीराको प्रकोप कम गर्न सहयोगी हुन्छन् । मनव मुत्र र पशु मुत्र पनि प्रयोग गर्न सकिन्छ । केहि नलागेमा कम समयमै उडेर जाने र मानवको लागि सुरक्षित बिषादी सावधानीपूर्वक मात्र प्रयोग गर्नु पर्दछ ।यदि बिषादि प्रयोगै गर्ने हो भन विषादी छरे पछि तोकिएको समय सम्म फलफूल र तरकारी टिपेर खानु हुंदैन ।

रोग तथा कीरा नियन्त्रणका केही प्रभावकारी  बिधिहरु

  • खेती गर्ने प्रबिधिहरु बाट : यो तरिका सबभन्दा प्रभावकारी तरिकाको रुपमा लिन सकिन्छ जसमा निम्न लिखित तरिकाहरु पर्दछन् :
  • घुम्तीबाली प्रबिधि (लगातार एउटै वालीको एउटै संरचनामा खेती नगर्ने, कोशे तरकारी फल तरकारी,जरे तथा सागपातलाइ बर्षेभरी मिलाएर रोप्ने )
  • खेतबारीको सरसफाई (नियमित निरिक्षण गरी झारपात हटाउने)
  • मिश्रीत बालीको  खेती (काउलीसंग लसुन, प्याजआदि, भण्टासंग धनियाँ आदि )
  • राम्ररी पाकेको गोबर, कम्पोष्ट मलको प्रयोग
  • रोग तथा कीरा रहित माटो तथा बिरुवा हुर्काउने माध्यमको प्रयोग
  • माटोभित्र बसी बोट बिरुवामा आक्रमण गर्ने रोग तथा कीरा ब्यबस्थापन
  • खिर्रो, बनमारा , तितेपाती, केतुकीका पात र डाँठलाई मसिनो पारेर काटी जमिनमा मिसाउने यसले रातो कमिला, धमिरा, खुम्रे, फेद कटुवाको नियन्त्रणमा सहयोग गर्दछ ।
  • चिउरीको पिना रातो कमिलाको लागि उपयोगी ।
  • तोरीको पिना १०० केजी प्रति रोपनीको दरले राखी अदुवा लगाउँदा गानो कुहिने रोग कम ।
  • असुरोको माटोमा छापो हाल्नाले फेद कटुवा र खुम्रे कम ।
  • तितेपातीमा ब्याक्टेरिया, ढुसी तथा किटनाशक गुण हुन्छ ।
  • बोटको बरिपरी मकैको पिठो छर्नाले फेद कटुवाले धेरै पिठो खाई पेट फुटेर मर्दछ ।
  • सिस्नोको पात र मुन्टालाई १ः२ पानीमा १५ दिन कुहाउने र ३ भाग पानी मिसाएर माटोमा प्रयोग गर्दा रातो कमिला र खुम्रेमा प्रभाबकारी ।
  • बकाईनोको १ केजी पात ५ लि पानीमा मिसाई छानेर बिरुवामा तत्काल प्रयोग गर्दा माटोका हानिकारक जिबाणुको नियन्त्रणमा धेरै सहयोग पुग्दछ ।