काउलीवाली समूहका तरकारी खेती

परिचय
यस समूह अन्तर्गत काउली, बन्दा, ब्रोकाउली,ग्याँठगोभी चाइनिज बन्दा आदि पर्दछन् । यस समूहका तरकारी वालीले चिसो मनपराउने हुँदा हिउँदयाममा घरको बरण्डा, छत तथा करेसावारीमा सजिलै यिनीहरुको खेती गर्न सकिन्छ । बजारमा तापक्रम सहन सक्ने हाइब्रिड जातहरु समेत उपलब्ध भएकाले यि बर्गका तरकारीहरुको बर्षा समयमा वाहेक अन्य समयमा समेत खेती गर्न सकिन्छ । काउलीलाइ तापक्रम सहने क्षमताका आधारमा अगौटे मध्यम तथा पछौटे जातमा विभाजन गरिएको पाइन्छ तसर्थ काउली लगाउँदा समय अनुसार उपयुक्त जातको छनौट गर्न जरुरी हुन्छ । यस बर्गका तरकारीहरु नर्सरीमा बेर्ना तयार गरेर बेर्ना करिव ४ पात आएपछि मात्र गमला वा अन्य संरचनामा तल सिफारिस दुरी अनुसार रोप्नुपर्दछ ।
काउली वाली समुहका तरकारीहरुका केही प्रचलित तरकारी खेती प्रविधि

क्र.सं

वाली

जात

वीउ दर प्रति रोपनी

लगाउनेसमय (Normal    Season)

दुरी       (से.मी.)

त्यार हुने समय दिन

जतियगुण

काउली  

सिल्भरकप ६०

कातिका

स्नोकिङ

ह्वाइटफ्लास

ह्वाइटकप 

२५ ग्राम

श्रावणभाद्र

६०*५०

५०६५ 

सानो,

हल्का

पहेलो गोभी

मिल्कवे,

रामी

काठमाण्डाैलाेकल,

खुमल ज्यापु       

 

भदौअसोज

६०*६०

६०७५

ठुलो

क्रीमरंगको

काठमाण्डौ लोकललाई तयार हुन करिव १२० दिन लाग्ने

स्नोक्राउन, स्नोमिस्टीक 

 

असोजमंसिर

७५*६०

७५१२०

कस्सीएको सेतो

वन्दा

ग्रीन क्रोरोनेट

२५ ग्राम

असारभाद्र

४०*४०

७०८५

तौल१४ के.जी हुने

ग्रीनस्टोन

 

श्रावणअसोज

४०*४०

५५६५

गोलों ०..५ के.जी हुने

न्यु टप

 

श्रावणभाद्र

४०*४०

४५५०

गोलों १ के.जी हुने

अल सीजन           

 

 

४०*४०

७५९०

गोलो १२ केजी हुने

गोल्डन एकर

 

भदौअसोज

४०*४०

६०७५

गोलो

टी ६२१

 

भदौ देखी माघ

४०*४०

५५६५

१ देखी १.५ के.जी तौल भएको गोलो फल तापक्रम सहन सक्ने

ब्रोकाउली

ग्रिन स्प्राउटिङ्ग

२०३०ग्राम

असोजकार्तिक

६०*४५

६०७५  

पटक पटक टिप्न सकिने

कालाब्रिज

२०३०ग्राम

असोजकार्तिक

६०*४५

६०७५  

 

प्रिमियम कप

२०३०ग्राम

असोजकार्तिक

६०*४५               

६०६५

मध्यम उचाई

 

ग्याँठ गोभी

सम्राट,

ह्वाइटभियना,

पर्पलभियना

२०३०ग्राम

असोजकार्तिक

४०*२५

६०

 

चाइनिज बन्दा

स्प्रींगसन ६०

२०३०ग्राम

असोजकार्तिक

६०*४५

७५८०

सलादको रुपमा उपयुक्त

 

नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।

माटो

यस बर्गका तरकारी वालीहरुले पानी खप्न नसक्ने हुनाले प्रांगारिक पर्दाथ प्रशस्त भएको र पानी सजिलै निकास हुने दोमट माटो खेतीको लागि उपयुक्त हुन्छ । माटोको पि.एच. ५.५ देखी ६.५ सम्म भएको माटो खेतीको लागि उपयुक्त हुने हुँदा गमला वा अन्य संरचनामा माटोको मिश्रण भर्दा प्रशस्त गाइ बस्तुको मल (१ भाग मल र १ भाग माटोको मिश्रण) मिसाउँदा राम्रो उत्पादन हुन्छ । यदि माटो विना खेती गर्ने हो भने कोकोपिट तथा मलको  १/१ भागकाे प्रयोगवाट गमला वा अन्य संरचनामा खेती गर्न सकिन्छ ।
 

वाली ब्यवस्थापन
यस बर्गका वालीहरु लगाएपछि वेला वेलामा गोडमेल तथा सिंचाइ दिने कार्य गर्नु पर्दछ । थप मलखाद विरुवाको अबस्था विचार गरेर मात्र दिनु पर्दछ । यदि झोलमलको प्रयोग १५ दिनको फरकमा गर्न सकेमा विरुवा स्वस्थ भइ उत्पादन बृद्धि हुन्छ । माटो विना खेती गरिएको छ भने विरुवाको अबस्था विचार गरी झोलको रुपमा प्रयोग गर्न मिल्ने मल तथा आबश्यकता अनुसार टेका समेत दिन जरुरी छ । संझनुपर्ने कुरा काउली , वन्दा तथा ब्रोकाउलीमा वोरोन तथा मोलिब्लेडनम तत्वको कमीको लक्षण देखापर्न सक्ने भएकोले उक्त तत्वहरु आबश्यकता अनुसार प्रयोग गर्न जरुरी छ । काउलीको मौसम अनुसार उपयुक्त जात छनौट गर्न नसकेमा काउलीखेती असफल हुने भएकोले काउलीका अगौटे, मध्य मौसमी र पछौटे जातलाइ उपयुक्त समयमा रोप्न जरुरी हुन्छ । ब्रोकाउलीको मुख्य उत्पादन लिइसकेपछि वरिपरीका हाँगावाट समेत उत्पादन लिन थप मलखाद दिन जरुरी हुन्छ ।