गानो तरकारी वाली

परिचय
यस समूह अन्र्तगत प्याज , लसुन , लिक आदि पर्दछन् । यस बर्गका तरकारीहरुको चिसो मौसमा खेती गरिन्छ । यिनिहरुलाइ शुरुको समयमा वढी मात्रामा पानीको आबश्यकता पर्दछ । यस बर्गका तरकारीहरु मध्ये प्याजको विरुवा जमाएर खेती गरिन्छ भने लसुन लिक आदिको वीउ रोपेर खेती गरिन्छ ।
 

गानो समूहका केही प्रचलित तरकारी तथा खेती समय

क्र.सं

वाली

जात

वीउ दर प्रति रोपनी

लगाउने समय  (Normal  Season)

दुरी       (से.मी.)

तयार हुने समय दिन

जतिय गुण

प्याज

नासिक ५३

४००५०० ग्राम

कार्तिकपुष

१५ *१०

१६०१६५

रातो रंगको दाना

मध्यम पिरो

 

 

रेडक्रियोल

४००५०० ग्राम

कार्तिकपुष

१५ *१०

१६०१८०

गाढा रातो दाना

 

 

नुवाकोट स्थानीय

४००५०० ग्राम

कार्तिकपुष

१५*१०

 

सानो चकलेट रंगको दाना

भण्डारण क्षमता राम्रो

लसुन

स्थानिय

२०२५ के.जी.

कार्तिकपुष

१५*१०

 

 

नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।

माटो
यस बर्गका तरकारीहरुको लागि प्रांगारिक पर्दाथ प्रशस्त भएको,खुकुलो तथा पानीको सहज ब्यबस्थापन हुन सक्ने माटो उपयुक्त हुन्छ । यदि माटोको मिश्रणमा खेती गर्ने हो भने पि.एच. ५.८ देखी ६.५ सम्म उपयुक्त हुन्छ । प्याजको तथा लसुनको साग उत्पादनको लागि माटोविना पनि खेती गर्न सकिन्छ ।

वाली ब्यबस्थापन
गोडमेल तथा सिंचाइ कार्य अत्याबश्यक छ । वाली अवधिभर ५ पटकसम्म सिंचाइ दिन आबश्यक। स्टाइरोफोम वा काठका वाकस वा गमलामा रोप्न सकिने ।


संझनुपर्ने कुरा
साग खानको लागि बर्षा समय वाहेका अन्य समयमा लगाउन सकिए तापनि गानो वनाउन मंसिर पुषमा लगाउन सकिने । प्याजको आषाढमा बेर्ना जमाएर दशै तिहारमा वेमौसमी उत्पादन समेत गर्न सकिने जसको लागि एग्री फाउण्ड डार्क रेड र वेमौसमी १ जात उपयुक्त हुने ।