कोसे तरकारी वाली

परिचय
यस समूह अन्र्तगत तने वोडी, ध्यु सिमी, बकुल्ला र केराउ पर्दछने । वाली चक्र प्रणाली अनुसार खाद्यतत्व ब्यबस्थापनमा यस बर्गका वालीको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यस बर्गका प्रायजसो तरकारी वालीलाइ थाँक्रोको आबश्यकता पर्ने हुनाले रेलिंग, पर्खालको छेउ वा कौसीको कुनामा लगाउन उपयुक्त हुने । केराउ तथा बकुल्लालाइ चिसो हावापानी आबश्यक पर्दछ भने अन्यलाइ गर्मी हावापानी आबश्यक पर्दछ ।

केही प्रचलित कोसे तरकारी तथा खेती समय

क्र.सं

वाली

जात

वीउ दर प्रति रोपनी

लगाउने समय (Normal  Season)

दुरी       (से.मी.)

तयार हुने समय दिन

जतिय गुण

केराउ

सिक्किम लोकल 

सिक्किम ३

आर्केल

४ के.जि.

असोजकार्तिक

४५ *१५ सिक्कीम, ३०*१५ आर्केल

६०६५ आर्केल लोकल १ ०५११०    

आकेल अगौटे,

लोकल पछौटे जात

घिउसिमी

त्रिशुली

३ के.जि.

माघबैशाख

१२०*३०

६०७०

लहरा जाने, कोसा २० देखी २५ सेमी दाना कफि रंगको, फूलको रंग सेतो

चौमासे

३ के.जि.

माघबैशाखसाउनभदौ

१२० *३०

६०६५

लहरा जाने, कोसा १५ देखी २० सेमी दाना कालो रंगको, अन्य सिमीको तुलनामा उत्पादन वढी।फूलको रंग बैजनी

झाँगे सिमी

३ के.जि.

माघबैशाख

५०*३०

५०

लहरा नजाने, कोसा १५ से.मी लामो

वोडी

माले पाटन १

.५ के.जी.

फाल्गुनभाद्र

६०*३०

६५७०

थाँक्रो दिनु नपर्ने, कम रेशा भएको, कोशा २१ देखी २५ से.मी लामो

खुमल तने

२ के.जी.

माघबैशाख

साउनभदौ

१२०*२०

६०७०

वीउ खैरो हुने, लहरा जाने, कोसा लामो तथा नरम

नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।

माटो
सबै किसिमको माटोमा खेती गर्न सकिने भएतापनि पानी नजम्ने दुमट माटो खेतीको लागि उपयुक्त । माटो विना पनि टेका दिएर फलाउन सकिने तर तले प्रणालीको लागि लहरा जाने प्रजातिहरु त्यति उपयुक्त नहुने ।

वाली ब्यबस्थापन
गोडमेल, सिंचाइ, थाँक्रा दिने तथा विरुवाको अबस्था हेरी थप मलखाद दिने कार्य अत्याबश्यक छ । बोट भिज्ने गरी झोलमलको प्रयोग १५ दिनको फरमा गर्दा रोग कीराको प्रकोप कम हुनाको साथै उत्पादन बृद्धि हुन्छ । माटो विना पनी गमला लगायतको संरचनामा खेती गर्न सकिने ।

संझनुपर्ने कुरा
वाली चक्र प्रणालीमा कोसेवालीको महत्वपूर्ण भूमिका भएकोले अन्य वाली लगाएपछि उक्त संरचनामा कोसेवाली लगाउँदा फाइदा पुग्ने ।