लहरे तरकारी वाली

परिचय
यस अन्र्तगत काँक्रा, फर्सी, जुकेनी, करेला, घिरौला, लौका, स्कुस, चिचिन्डा आदि जस्ता गर्मी मन पराउने तरकारीहरु पर्दछन् । यस समूहका तरकारीहरुको जरा लामो जाने भएकोले सोही अनुसार संरचना ब्यबस्थापन गर्न जरुरी हुन्छ ।  कोैसी लगायतका स्थानमा कम लहरा जाने तथा छिटै फल दिने जुकेनी तथा हाइब्रिड काँक्रा, घिरौला, करेला र लौका खेती गर्न सकिने तर लहरे वाली खेती गर्दा कौसी वा करेसावारी वा वालको एक कुनामा खेती गर्दा राम्रो हुने । माटो विना पनि यस बर्गका तरकारीहरुको खेती गर्न सकिने ।

जातहरु तथा खेती गर्ने समय

क्र.सं

वाली

जात

वीउ दर प्रति रोपनी

लगाउने समय 

(Normal Season)

दुरी 

(से.मी.)

तयार हुने समय दिन

जतिय गुण

काँक्रो

भक्तपुर लोकल,

मालिनि,

निन्जा,

कुसुले

१२५ ग्राम

बैशाखजेठ

लोकल जातलाइ २ मी १ र

हाइब्रीड लाइ १ १ मी

विरुवा रोपेको करिव ४५ दिन वाट

हाल बजारमा धेरै उत्पादन दिने पार्थिनाेकार्पिक जातहरु समेत उपलब्ध

फर्सी

मुन्टा खाने,

सोनार तथा लोकल

१०० ग्राम.

चैत्रआषाढ

२*१.५ मुन्टा खाने

१*१ मीटरमा

मुन्टा तयार बेर्ना रोपेको करिव ४० दिनबाट ,फल करिव डेढ महिनावाट

 

जुकेनी

ग्रेकोट,

ग्रिनबल,

सोन्डोभि

२०० ग्राम

माघचैत्र

१ मी ५० से.मी.

४५६० दिनवाट

 

घिरौला               

न्यु नारायणी,

कान्तिपुरे,

लक्ष्मी

५० ग्राम 

चैत्रजेठ

२ मी१मी

५० दिनबाट

 

करेला

पाली,

हरियो,

संबृद्धि

५० ग्राम

चैत्रआषाढ

१मी १मी

४५ दिनवाट

 

लौका

एनएस ४२१,

कावेरी,

लोकल

१०० ग्राम

चैत्रजेठ

२मी १मी

४०५०

 

 

सम्झनुपर्ने कुरा
लहरे तरकारी गर्मी समयमा रोपिने तरकारी भएतापनि बेमौसमी खेती गर्दा फाल्गुन महिनावाट गरेमा पोथी फूलको संख्या वढी उत्पादन समेत बढ्ने हुन्छ । काँक्रा लगायतका लहरे तरकारीमा पानीको अभाव लामो समयसम्म भएमा तितोपनाको मात्रा बढ्दछ ।