कौसीमा फलफूल खेती

परिचय
कौसीमा कमलो फलफूल जस्तै स्ट्रवेरी र कम फैलिने तथा छिटै उत्पादन दिने फलफूलहरु जस्तै कलमी गरि विरुवा तयार गरिएका कागती, मुन्तला, उन्सु सुन्तला, आम्रपाली आँप, मल्लिका आँप, होचा जातका मेवा आदि फलफूलहरुका विरुवालाइ ठुला साइजका गमला, ड्रम आदिमा खेती गर्न सकिन्छ । यसरी खेती गर्दा वेला वेलामा संरचनाहरुको परिवर्तन ( बर्षमा एकपटक साना गमलावाट ठुलामा सार्ने ) आबश्यकता अनुसार तालिम तथा
काँटछाँट र मलखाद दिने कार्य गर्न जरुरी हुन्छ । आँप र मेवालाइ तुसारोवाट जोगाउन जरुरी हुन्छ । वोटको उचाइ कम गर्न खुल्ला केन्द्रीय प्रणालीवाट तालिम गर्न सकेमा वरिपरीवाट धेरै हाँगाहरुको विकास गरी सहायक हाँगाहरुको बृद्धि विकास हुन्छ । यि फलफूलहरुलाई कोकोपिटको मिडियामा समेत खेती गर्न सकिन्छ । यिनिहरुको जराले अत्याधिक पानी सहन सक्दैनन् तसर्थ उचित सिंचाइ तथा निकासको ब्यवस्था गर्न जरुरी हुन्छ ।

केही प्रचलित फलफूल तथा खेती समय 

क्र.सं

वाली

जात

कैफियत

स्ट्रवेरी

 

लाइन देखी लाइन ६० से.मी र वोट देखि वोट ३० से.मी

आँप

आम्रपाली,

मल्लिाका

प्रति संरचना १ वोट

मेवा

रेडलेडी,

पुषाडवार्फ,

 

प्रति संरचना १ वोट

कागती

स्थानिय,

सुनकागती १ र २

प्रति संरचना १ वोट

सुन्तला

उन्सु

प्रतिसंरचना १ वोट

मुन्तला

 

प्रति संरचना १ वोट

अंगुर

मस्कट वेली ए,

हिमरड,

स्टुवेन ,

क्योहो

प्रति संरचना १ वोट

अंजिर

 

प्रति संरचना १ वोट

अम्वा

वेदाना,

रातो गुदी भएको,

स्थानिय, के‍.जी.१

प्रति संरचना १ वोट

नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो कलमी गरिएका उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।

सम्झनुपर्ने कुरा
फलफूलमा थप मलखाद, तालिम तथा काँटछाँट, विरुवाको उमेर अनुसार संरचना परिवर्तन गर्ने कार्य । यस बर्गको स्ट्रवेरी जस्तो कमलो फललाई सानो संरचना तथा तले प्रणालीमा सजिलै खेती गर्न सकिन्छ ।