फल तरकारी वाली

परिचय
यस तरकारी वाली  अन्तर्गत नेपालमा खेती हुने तरकारीमा गोलभेडा, भन्टा, खुर्सानी र रामतोरिया पर्दछन् । यस प्रकारका तरकारी वालीले गर्मी मन पराउँदछन् । यस प्रकारका तरकारीहरुको प्राय खेती बर्षा याममा गरिने हुनाले खेती गरिएका संरचनामा पानी जम्न नदिने तथा विरुवालाइ पानीवाट जोगाउन सकेमा लामो समयसम्म उत्पादन लिन सकिन्छ । यस समुहका भिण्डी वाहेक सबैको वेर्ना जमाएर विरुवा सारी खेती गरिन्छ । यस समूहका प्राय तरकारीहरुलाइ तालिम तथा काँटछाँटको आबश्यकता पर्दछ । 

केही प्रचलित फल तरकारी तथा खेती समय

वाली

जात

वीउ

दर

प्रति

रोपनी

ग्राम

लगाउने समय

दुरी       (से.मी.)

तयार हुने समय दिन

जतिय गुण

 गोलभेडा

सृजना, मनिसा, अबिनास, सुरक्षा, विनसारी, मनप्रेकस, लप्सीगेडे  आदि

५ -७ पहाडमा चैत्र देखी असार तराइमा भाद्र  हाेचो बाेट हुने ४० से.मी. अग्लो बोट हुने जात ५० देखी ६० से.मी. विरुवा रोपेको  लगभग २ महिनावाट ,पानि तथा  चिसोबाट जोगाएमा ६ महिनासम्म उत्पादन लिन सकिने सृजनाको अग्लो वोट  प्रति बोट ८ के.जि सम्म उत्पादन,अचारको लागि उपयुक्त । विनसारी तथा मनिसा सलादको लागि उपयुक्त । मनप्रेकस तथा लप्सीगेडे बर्षा समयमा कम पानी पर्ने ठाउँमा खुला खेती गर्न सकिने बोट मध्यम उचाइकाे तरकारी तथा अचारको लागि उपयुक्त

खुर्सानी

एनएस १७०१

५०

चैत्र

आषाढ

४५ *३०

७५ देखी ८५ दिन

हाइब्रिड जात,

करिव १ मी सम्म अग्लो वोट।

अत्याधिक फल लाग्ने

कर्मा ७४७

५०

चैत्र

आषाढ

४५*३०

७० दिन

हाइब्रिड जात,

करिव ८० से. मी सम्म अग्लो वोट

ज्वाला

५०

चैत्र

आषाढ

४५ *३०

६०

७०दिन

लामो फल,

हरियो फल पाके पछि रातो हुने।

वोट ४० देखी ४५ से.मी अग्लो र

झाँगिने।

अकवरे खुर्सानी

स्थानिय

२५ग्राम

चैत्र

आषाढ

१००*५०

१००

कम वियाँ भएको,

बास्नादार र खाँदा पेट नपोल्ने केही डल्लो आकार,

पहाडी भागमा लामो समय उत्पादन दिने

भेडे खुर्सानी

क्यालि फोर्निया वण्डर

५०७५

माघ

फाल्गुन

६०* ४५

६०९०

गाढा हरियो फल,

वोटको उचाइ ७० देखी ७५ सेमी,

फलको तौल २०० ग्राम

   इन्द्रा ५० ग्राम

माघ

फाल्गुन

६०* ४५ ६०९०  अग्लो बोट तथा राम्रो उत्पादन

भण्टा

नुर्की

२५३०

 

माघ

फाल्गुन

६०*४५

६०६५

मध्यम वोट,

डाँठ र पात गुलावी,

१५ देखी २० से.मी लामो ४ देखी ५ फल प्रति झुप्पा

अर्का केशव

२५३०

माघ

फाल्गुन

६०*४५

७०७५

हाइब्रिड जात,

वोटको उचाइ ५० देखी ६०से.मी

पुषा पर्पल लंग

२५३०

माघ

फाल्गुन

६०* ४५

५०६०

वोटको उचाइ ५० देखी ६० से.मी र २५ देखी ३० सेमी लामो फल

रामतोरिया

अर्का अनमिका

७५०

चैत्र

साउन

६०*३०

६०७०

खुला सेचित जात

पर्वती

७५०

चैत्र

आषाढ

५०*२०

५०६०

राम्रो उत्पादन दिने

अगौटे जात।

भाइरस सहन सक्ने

जुली      

७५०

चैत्र-

आषाढ

५०*२० 

५०६०

राम्रो उत्पादन दिने जात,

भाइरस सहन सक्ने

नोट : जात छनौट गर्दा स्थान अनुसार सिफारिस गरीएका हावापानी सुहाउँदो उपयुक्त जातहरुको छनौट गर्न जरुरी छ ।

माटो
यस बर्गका तरकारी खेतीको लागि पानी नजम्ने बलौटे तथा दोमट माटो उपयुक्त हुन्छ । माटोको पि.एच ६ देखी ७ सम्म भएको माटो खेतीका लागि उपयुक्त हुन्छ । यस बर्गका तरकारी वालीहरु लामो समय सम्म उत्पादन दिने वाली भएकाले समूचित मलखाद ब्यबस्थापनमा ध्यान दिन जरुरी छ । स्थानिय तरीकावाट तयार गरीएको झोलमल १० दिनको फरकमा प्रयोग गर्न सकेमा उत्पादन बृद्धि हुन्छ । यस बर्गका तरकारीहरुलाइ माटो विना खेती गर्न सकिन्छ ।

वाली ब्यवस्थापन
यस बर्गका तरकारीहरुलाइ तालिम काँटछाँट र टेकाको समेत ब्यबस्था गर्न जरुरी हुन्छ । यस बर्गका तरकारीहरुमा बिशेष गरी गोलभेडा, भेडे खुर्सानी, अकवरे खुर्सानी र भण्टाका अनाबश्यक मुला वेला वेलामा निरिक्षण गरी हटाउन तथा उत्पादन हुदै गएपछि थप मलखाद दिन जरुरी हुन्छ । यस बर्गका तरकारीहरुमा पानीको मात्रा वढी भएमा जरा कुहिने समस्या देखापर्ने हुँदा पानीको उचित ब्यबस्थापन तथा बर्षा याममा खेती गर्न प्लाष्टिकको छाना आबश्यक पर्दछ । यस बर्गका तरकारीहरुमा सुक्ष्म तत्वहरु बोरोन, क्याल्सियम लगायतको कमीका लक्षण देखापर्न सक्ने भएकोले आबश्यकता अनुसार सुक्ष्म तत्व समेत दिन जरुरी हुन्छ ।

संझनुपर्ने कुरा
टेका दिने कार्य,मुना हटाउने कार्य र लामो समय सम्म उत्पादन लिन बर्षायाममा पानीवाट जोगाउने कार्य यस बर्गका तरकारीका लागि महत्वपूर्ण कार्य हाे ।