हावापानी

गुणस्तरीय र  राम्रो  उत्पादन लिनको लागि न्यानो र सुख्खा मौसम उपयुक्त हुन्छ । यसले बढी वर्षा र तुषारो सहन सक्दैन । यसको खेतीको लागि २०–२४ डि.से. तापक्रम  उपयुक्त मानिएको छ । गोलभेंडाको फल बढ्नका लागि र फल पाक्नका लागि १८–२७ डि.से. तापक्रम उपयुक्त हुन्छ । १२ डि.से. भन्दा कम तापक्रमले गोलभेंडाको सबै किसिमको वृद्धि विकासलाई प्रतिकूल असर गर्दछ । दिउँसोको तापक्रम २५ डि.से. र रातको तापक्रम १५–२० डि.से. भएमा  राम्रो उत्पादन लिन सकिन्छ भने   तापक्रम लामो समय सम्म ३५ डि.से. भन्दा माथि भएमा  परागसेचनमा असर परी कम फल लाग्दछ ।