परिचय

सुन्तलाजात फलफुल नेपालको मध्यपहाडी भेगको प्रमुख नगद आर्जनको माध्यमको रुपमा रहेको सदाबाहार फलफुल हो । सुन्तलाको पाकेको फलमा प्रशस्त मात्रामा भिटामिन ए,बी, सी पाउनुको साथै क्याल्सियम, म्याग्नेसियम, सोडियम, पोटासियम, सल्फर र फलामजस्ता खनिज तत्वहरु थोरै पाइन्छन् । सुन्तलाजात फलफुलले आ.ब. २०६३/६४ सम्ममा नेपालको कुल फलफुलको क्षेत्रफल मध्ये २९.४५ प्रतिशत (२७९८० हे.) क्षेत्रफल ढाकेको छ । कास्की जिल्लामा सुन्तलाजात फलफुल ६५० हे.मा ब्यबसायिक रुपमा खेति हुदै आएको छ जसको कुल   उत्पादनशिल क्षेत्रफल ३६१ हे. रहेको छ ।नेपालमा बिगत लामो समयदेखि परम्परागत रुपमा बिजु बिरुवा रोपी सुन्तलाजात फलफुलको खेति हुदै आएको छ । हाल आएर सुन्तलाजात फलफुलमा ह्रास (Citrus decline) को समस्याले गर्दा यसको उत्पादन तथा क्षेत्रफल बिस्तारमा नकारात्मक असर पारेको छ । तसर्थ आजको आबश्यकता भनेको कम समयमा बढी भन्दा बढी उत्पादन लिइ प्रति एकाइ जमिनमा उत्पादकत्व बृद्धि गर्नु हो । कम दुरीमा वा बाक्लो गरी बिरुवा रोपी उचित ब्यबस्थापन प्रबिधि अपनाइ खेति गर्ने प्रणाली नै उच्च घनत्व बगैचा प्रणाली हो । सुन्तलाजात फलफुलमा बिश्वको इजरायल लगायतका देशमा यसको ब्यापक प्रयोग हुदै आएको छ । नेपालको सन्र्दभमा केही अनुसंधानका नतिजाअनुसार कम समयमा बढी उत्पादन लिइ ग्रिनिङ रोगबाट हुने क्षति अगाबै नाफा लिन यो प्रबिधि उपयुक्त प्रबिधिको रुपमा पहिचान भइसकेको छ ।