हावापानी

नेपालमा सुन्तला खेती ८०० देखि १४०० मिटर उच्चाईसम्म समशितोष्ण हावापानी भएका स्थानहरुमा गर्न सकिने भएतापनि राम्रो फल उत्पादनको लागि १००० देखि १२०० मिटर उच्चाईसम्म अति उत्तम हुन्छ । नेपालको मध्य पहाडी भागको समुन्द्री सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएका उत्तरी मोहडा । सिंचाइको ब्यबस्था भएमा र उचित ब्यबस्थापन गर्न सकेमा दक्षिणि मोहडामा पनि लगाउन सकिन्छ । उत्तर दिशा तर्फ फर्केका पहाडी भेगमा फलेको सुन्तलाको स्वाद झनै स्वादिलो हुने गरेको पाइएको छ । सुन्तला खेतीको लागि तापक्रम तथा प्रकाशको अहम भूमिका हुन्छ । उचाई बढ्दै जाने क्रममा पानी पर्ने ठाउँमा बढी हुस्सु लाग्ने र ढाकिरहने हुन्छ । फल स्वरूप यसको प्रतिकुल असर फूल र फल वृद्धि विकासमा पर्न जान्छ । सुन्तला खेती १०० देखि ३५० सेल्सियस तापक्रमसम्म गर्न सकिने भएतापनि राम्रो फल उत्पादनको लागि २५० सेल्सियस उपयुक्त मानिन्छ । बोटको वानस्पतिक वृद्धिको लागि २५–३५० सेल्सियस तापक्रम उपयुक्त हुन्छ । कम तापक्रम भएमा बोटको वृद्धि विकास रोकिन पुग्छ । गर्मी मौसममा तातो हावा चल्नाले फूल तथा कलिला फूल ओइलाउन सक्दछन् । सुन्तला खेती विभिन्न प्रकारको माटोमा गर्न सकिने भएतापनि गहिराइसम्म भएको दोमट माटो अति उपयुक्त हुन्छ । धेरै चिम्टाइलो तथा पानी जम्ने माटो सुन्तला खेतीका लागि उपयुक्त हुँदैन । माटोको पि.एच्. ६ देखि ७.५ सुन्तला खेतीका लागि उत्तम हुन्छ ।