तालिम तथा काँटछाँट

उच्च घनत्व बगैचा प्रणालीमा  बोटको कद नियन्त्रण गरी प्रति एकाई उत्पादन बृद्धि गर्न यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।फलको गुणस्तर बढाउन, रोग किरा ब्यबस्थापन कार्यलाइ सहज बनाउन, बोटलाइ स्वस्थ , उत्पादनशिल तथा टिकाउ राख्न तालिम तथा काँटछाँट आबश्यक छ ।

सानो बोट काँटछाँट

  • मजबुत संरचना निर्माण गर्न ४ बर्षसम्म बिरुवाको शुषुप्त अबस्था ( पौष–माघ ) मा काँटछाँट गर्नुपर्दछ
  • बिरुवा लगाएको बर्ष पौष माघमा जमिनबाट ५०–६० से.मि. माथिबाट काट्ने र बलिया चारैतिर फैलेका ३–४ हाँगा आउन दिने
  • त्यसपछिको बर्षमा प्रत्येक मुख्य हाँगामा २ वटा सहायक हाँगा राख्ने र उप सहायक हाँगालाइ बढ्न दिइ बोटको चारैतर्फ फैलिन सक्ने एवं एक आपसमा नजेलिने गरी राख्ने
  • तेश्रो तथा चौथो बर्षबाट मुल हाँगाको टुप्पो नुगाउँदा जहाबाट बाङगो हुन्छ त्यहिबाट काटेर अन्य हाँगाहरु फैलाउने
  • चोर हाँगा, रोग एवं किरा लागेका हाँगा, कलमी गरेको भागभन्दा मुनिबाट पलाएका हाँगा नियमित निरिक्षण गरी हटाउँदै जाने
  •  तालिम तथा काँटछाँट गरीसकेपछि बोर्डोपेष्ट काटेको भागमा दल्ने तथा बोर्डो मिश्रण बनाई बिरुवालाई छर्ने 

    खुल्ला केन्द्रीय प्रणालिबाट काँटछाँट 

    फल लाग्ने बोटको काँटछाँट 

  • एक आपसमा जेलिएका, चोर हाँगाहरु,कमजोर, घामको प्रकाश छेक्ने तथा रोग किरा लागेका हाँगाहरु हटाउने   

नोट : काँटछाँट गर्दा बिरुवाको शुषुप्त अबस्थामा गर्नुपर्दछ । सुन्तला सदाबहार फलफुल भएको र नयाँ मुनामा फुल खेल्ने भएकोले एकैचोटी धेरै काँटछाँट गर्नुहुदैन र सकभर कलिला मुना आईसकेपछि चोर हाँगा भन्दा बाहेक अरु हाँगा हटाउने कार्य गर्नुहुदैन ।