जरा कुहिने रोग (ROOT ROT)

  • जरा कुहिए तर्फको पातहरु पहेलो भई झर्दछ । पात पहेलो भएतर्फको जरा खोतलेर हेरेमा जराको बोक्रामा पानी सोसिएको, जराको बोक्रा कुहिएको तथा जराको भित्रि भाग खैरो देखिन्छ ।
  •  कुहिएका जरा काटेर हटाई जरालाई बोर्डोमिश्रण १५ को घोलले भिजाउने वा कपर अक्सिक्लोराईड युक्त बिषदी २ ग्राम प्रति लिटर पानीमा राखेर  जरा भिजाउने
  • बोटको १ मिटर सतह वरीपरी पानी जम्न नदिने ब्यवस्था मिलाउने तथा माटो खुकुलो पार्न कम्पोष्ट मलको प्रयोग गर्ने