गुलाबी रोग (pink disease)

  • यस रोगको प्रकोप बर्षात शुरु हुनुभन्दा अगाडि वा पछाडि शुरु हुन्छ र आक्रमण भएको हाँगा  ओइलाएर मर्दछ
  •  ग्रसित हाँगामा शुरुमा चाँदीजस्तो टल्कने सेतो ढुसीको तह देखा पर्दछ जुन गुलावी रंगमा परिणत हुन्छ । यस रोगको अत्याधिक प्रकोप भएमा बोक्रा ठाडो चिरा परी फुट्दछ र गम निस्कन्छ ।
  • रोग लागेका हाँगा काटि जलाउने र काटेको भागमा बोर्डो पेष्ट लगाई बोटमा बोर्डोमिश्रण छर्ने । बगैचाको सरसफाईमा ध्यान दिने एवं बाक्ला घाम नछिर्ने जेलिएका हाँगा हटाउने