हावापानी

 यिनिहरु न्यानो एवं गर्मीसमयमा उत्पादन गर्न सकिने बाली  हुन् र यिनीहरुले धेरै गर्मी, जाडो र तुसारो सहन सक्दैनन् । यस बर्गका वालीहरुकोसफलतापुर्बक खेति गर्न २५ – ३० डिग्री सेन्टिग्रेड सम्म तापक्रम उपयुक्त हुन्छ । सरदर दिनको तापक्रम १८ देखी २४  डिग्री सेन्टिग्रेड र रातको तापक्रम १५ देखी १८ डिग्री सेन्टिग्रेड भएको अवस्थामा यस बर्गका तरकारीहरुको राम्रो उत्पादन भएको पाइएको छ । यदि लामो समय सम्म ३५डिग्री सेन्टिग्रेड भन्दा बढि तापक्रम र बढि सुख्खा भएमा काँक्रोमा कुकुरविटासिन भन्ने रासायनिक तत्वको मात्रा बढि भइ काँक्रो तितो हुन्छ र अन्य  लहरे वालीहरुको उत्पादनमा समेत नकारात्मक असर पर्दछ । हावाको सापेक्षिक आद्रता ७०–७५ % खेतीको लागि अनुकुल हुन्छ  । जाडो महिनामा दिन छोटो र तापक्रम कम हुने हुँदा काँक्रोमा पोथी फुलको संख्या बढि हुन्छ भने गर्मी महिनामा भाले फुलको संख्या बढी हुन्छ । तसर्थ प्लाष्टिक संरचनाभित्र खेती गर्दा यस कुरालाइ विचार पुर्याएमा उत्पादन वढाउन सकिन्छ ।