मलखाद ब्यवस्थापन


लहरे तरकारीको उत्पादनमा मलखादको प्रमुख भूमिका हुन्छ । मलखाद प्रयो गर्न अगाडि माटोमा रहेको खाद्यतत्वको मात्रा थाहा पाउन माटो परिक्षण गरेर मलखादको प्रयोग गर्नु राम्रो हुन्छ ।बिरुवा लगाउँदा मलखादको राम्रो सदुपयोग गर्न सिफारिस दुरी अनुसारको फरकमा २५–३० से.मी. गहिरो खाडल खनि मलखादको प्रयोग गर्नुपर्दछ। साधारणतया प्रतिखाडल ५ के.जि. राम्ररी पाकेको गोबरमल, डि.ए.पी.५० ग्राम, पोटास ३० ग्राम, युरिया २५ ग्राम, पिना २५ ग्राम र बोनमिल ५० ग्राम हालेर माटोमा राम्रोसंग मिसाइ खाडल पुर्नुपर्दछ र पुरेको ३–४ दिनपछि बिरुवा रोप्नु पर्दछ ।

हाल नेपालमा थोपा सिचाइको प्रयोग लहरे तरकारी बालीमा समेत वढी रहेको छ । लहरे तरकारी बालीहरु विश्वका विकसित देशहरुमा माटो विना(मधुमास, भर्मिकुलाइट, पर्लाइट) आदिको प्रयोग गरेर समेत खेती गरिदै आएको छ । नेपालमा समेत जमिनमा थोपा सिचाइको सेट प्रयोग गरि लहरे तरकारी जस्तै काँक्रोको खेती कास्की, चितवन, काठमाण्डौ उपत्यका, सुर्खेत तथा दांग क्षेत्रमा वढीरहेको सन्दर्भमा उत्पादकत्व बृद्धिको लागि थोपा सिचाइको सेटबाट बाली अबधिभर निम्नानुसार पानीमा घुलनशिल खाद्यतत्व प्रयोग गर्न उपयुक्त हुन्छ :

pic