वेर्ना तयारी

लहरे तरकारीको बेर्ना वेमौसमी खेतीको लागि पोलिपट वा सेल ट्रेमा  तयार गरिन्छ भने मौसमी खेतीको लागि सिधै जमिनमा वीउ रोप्ने चलन रहेको छ तर विरुवाको समुचित बृद्दिविकास गराई उत्पादन वढाउन पोलिपट वा ट्रेमा  जमाएको बेर्ना रोप्नु पर्दछ । बीउ राम्रोसंग उम्रन तापक्रम र चिस्यानको आबश्यता पर्ने हुदा बेमौसमी खेतीको लागि लहरे तरकारी रोप्दा वीउ  टुसाएर रोप्दा छिटै वेर्ना तयार गर्न सकिन्छ । बीउलाई छिटो उर्मान करिव २४ घन्टा वीउलाई भिजाएर उक्त बीउलाई कपडाले पोको पारी तातो नर्सरी वा मलखाडलमा करिव ४८ घन्टासम्म राख्दा बीउको राम्रो अंकुरण हुन्छ । 
 उक्त अंकुरण भएको वीउलाई ४ इन्च चौडाइ र ६ इन्च लम्वाई भएको प्लाष्टिक थैलामा वा सेल ट्रेमा लगाएर बेर्ना उत्पादन गर्नु राम्रो हुन्छ । थैलामा माटो, गोवरमल, खरानी र बालुवाको अनुपात २ः२ः१ः१ गर्नु पर्दछ, यदि बालुवा मिसिएको माटो छ भने बालुवाको आबश्यकता पर्देन । यदि गाउँघरमा साल वा अन्य ठुलो पात भएका विरुवा छन् भने उक्त पातलाई सोली आकारमा गाँसी माथिको मिश्रण प्रयोग गरेर समेत विरुवा उत्पादन गर्न सकिन्छ । अंकुरण भएका वीउ प्रति थैला करिव १ से.मी. जतिको गहिराईमा तेर्सो पर्ने गरी एक एक वटा पर्नेगरी रोपी थैला भिज्ने गरी रोपि गुमोजमा हावा नछिर्नेगरी प्लाष्टिकले छोप्ने र बीउ राम्रोसंग उम्रेपछि दिउस प्लाष्टिक हटाउने र राति छोप्ने कार्य गर्नुपर्दछ  साथै वेला वेलामा हजारीको सहयतावाट पानि नजम्ने गरी सिंचाई गर्नुपर्दछ । बिरुवा ३ देखी ४ पातको भएपछि रोप्न योग्य हुन्छ । यदि बीउलाई ट्रेमा   जमाउने हो भने राम्रोसंग कुहिएको करिव १ बर्ष पुरानो कम्पोष्ट वा मधुमास ( cocopeat) को प्रयोग गरी बीउ रोप्नुपर्दछ ।

तातो नर्सरीको नमुना
पोलिपटमा वीउ रोपिदै
प्लाष्टिक गुमोज

 

रोप्न तयार विरुवा
सेल ट्रे
अत्याधुनिक नर्सरी

लहरे तरकारीका वेर्ना जमाउनका लागि उपयुक्त विभिन्न नर्सरीका प्रकारहरु

नर्सरीका प्रकार  बेर्ना जमाउन उपयुक्त समय
खाल्डे नर्सरी गर्मी तथा सुख्खा याममा
समथर नर्सरी हिउदे मौसममा, सिचाई तथा निकास राम्रो भएको ठाउमा
उठेको नर्सरी बर्षा याममा
तातो नर्सरी अति चिसो मौसममा
ट्रे नर्सरी थोरै तथा अति साना बीउ उमार्न, नर्सरी बनाउने जग्गामा रोगको प्रकोप भएमा
प्लास्टिक थैलो नर्सरी लहरे तरकारी बालीमा
प्लास्टिक टनेल नर्सरी हावापानी, घाम, तुषारो बाट बचाई बेमौसममा बेर्ना उर्मान
प्लास्टिक टनेल नर्सरी

 

 प्लाष्टिक गिलासमा तयार गरिएको मिश्रण
उठेको नर्सरी
खाल्डे नर्सरी