जुकिनी (Zucchini) का जातहरु

 

१) असारे स्क्वास 

  •    फल खैरो हरियो रङ्ग भएको अगौटे जात हो ।
  •       बेर्ना सारेको ५०—६० दिनमा  पहिलो उत्पादन लिन सकिन्छ ।
  •    तराइ, मध्य पहाड र उच्च पहाडको  लागि सिफारीश गरिएको छ ।
  •    २०५१ सालमा उन्मोचित गरिएको ।

२) अन्ना १०१ 

  •    वर्णशंकर जात ।
  •    बोटको उँचाइ ३६–५० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ६५–७० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ४०–५० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पञ्नीकृत भएको । 

३) अन्ना २०२ 

  •    वर्णशंकर जात ।
  •   बोटको उँचाइ ३६–५० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ६५–७० दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ३६–४० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि  सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

४) अन्ना ३०२ 

  •   वर्णशंकर जात ।
  •    बोटको उँचाइ ३६–५० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ६५–७० दिनमा बाली लिन सकिने । उत्पादन ४०–४०० मे.टन÷हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

५) सनी हाउस 

  •    वर्णशंकर जात ।
  •    बेर्ना सारेको ५०–५२ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ५१.८ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

६)  ट्रु ग्रीन 

  •    वर्णशंकर जात ।
  •    बेर्ना सारेको ३८–४३ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २९.१ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

७) सोन्डो भी 

  •    वर्णशंकर जात ।
  •    बेर्ना सारेको २३८–४३  दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २४.९ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पपन्जीकृत भएको । 

८) लङ्ग  ग्रिन 

  •    वर्णशंकर जात ।
  •    बेर्ना सारेको ५३–५८ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन २४.९ मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको । 

९)जुकेनी

  • वर्णशंकर जात ।
  •    बोटको उँचाइ २५–३० से.मी. हुन्छ ।
  •    बेर्ना सारेको ५०–५५ दिनमा बाली लिन सकिने ।
  •    उत्पादन ११० मे.टन/हे. हुन्छ ।
  •    तराइ र मध्य पहाडको लागि सिफारीश गरिएको छ ।
  •    २०६६ सालमा पन्जीकृत भएको ।