विरुवा सार्ने

लहरे तरकारीको पोलिपटमा जमाइएको बेर्नाको वा ट्रे अथवा अन्य संरचनामा तयार गरिएको बेर्नाको चारबटा मुख्य पात भएको  स्वस्थ विरुवा वेलुकीपख  रोप्ने कार्य गर्नु पर्दछ । बिरुवा रोपेपछि हल्का सिँचाइ दिनुपर्छ र फेदवाट २–३ इन्च परवरिपरि सुकेको पत्कर वा  तितेपाति, असुरो, बनमारा आदिलाइ २ इन्च काटेर ५–६ दिन सुकाइ छापो हाल्नुपर्दछ जसले उचित चिस्यान ब्यबस्थापनमा सहयोग गर्दछ । हाल बजारमा २५ देखी ३५ माइक्रोनको मल्चिङ्गको लागि प्लाष्टिक समेत उपलब्ध छ । जसको प्रयोग गर्न सकेमा चिस्यान कायम हुनाको साथै झारपात समेत नियन्त्रण भई  कम लागतमा बढी उत्पादन लिन सकिन्छ ।
 

 प्लाष्टिक मल्चमा रोपिएको काँक्रो
 थाँक्रा दिएको काँक्रो