काँटछाँट तथा तालिम

थाँक्रा दिने कार्य
 जुकेनी बाहेकको लहरे तरकारी बालीहरुलाई थाँक्रा अनिवार्य रुपमा दिनुपर्दछ । थांक्रो दिंदा बोट माथितिर मात्र चढ्ने गरी अग्लो थांक्रा दिनुभन्दा जमिनबाट ५—७ फिट माथि छाप्रोको आकारमा लहरा दायां बायां फैलिने गरि थांक्रा दिएमा फल धेरै लाग्ने र फल टिप्न पनि सजिलो हुन्छ   यसका अलाबा थाँक्राको लागत घटाउन विरुवालाइ यु.भि डोरी वा नाइलनको जालीको समेत प्रयोग गरेर थाँक्रा दिने प्रचलन ब्यवसायिक खेतीमा बढीरहेको पाइन्छ ।

काँटछाँट
 लहरे तरकारी वालीका रोग लागेका तथा पहेलिएका पुराना पातहरु बेला बेलामा निरिक्षण गरी कैचीको सहायताले हटाउनु पर्दछ । कलिलो अबस्थाका बाङगा फल, फल लाग्न छोडेका लहरा आदि हटाउने कार्य गर्नुपर्दछ । बालीको जात अनुसार नियमित रुपमा निरिक्षण गरी अनाबश्यक हाँगाविगा समेत हटाउन आबश्यक हुन्छ ।

 प्लाष्टिक घरभित्र काँटछाँट गरि रोपिएको हाइब्रिड काँक्रो, कास्की
ब्यवस्थित रुपमा तालिम तथा काँटछाँट गरी रोपिएको  भक्तपुर लोकल काँक्रो, कास्की