लहरे तरकारी बालीका मुख्य-मुख्य रोग, कीरा तथा विकृतिहरु र तिनको समाधान

लहरे तरकारीका मुख्य रोगहरु तथा ब्यवस्थापन
 १. पाउडरी मिल्ड्यु (चित्र :१)
लक्षण
    पातको माथिल्लो सतहमा हल्का सेता वा कैला रंगका थोप्ला देखिन्छ र फलहरु साना एवं गुणस्तरहिन हुन्छ
समाधान
    तलका पातहरु काटेर जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र केराथिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई  छर्ने । विरुवा सरेपछि गहुँत पानीको मिश्रण वा झोलमलको ८–१० दिनको फरकमा नियमित प्रयोग गरेमा यसको प्रकोप कम हुन्छ ।
२.डाउनी मिल्ड्यु ( चित्र :२)
लक्षण
     पातको तल्लो भाग पानीले भिजेजस्तो देखिन्छ र पछि पातको माथिल्लो भागमा चहकिला पहेला थोप्ला देखा पर्दछन् ।
समाधान
    रोगले ग्रसित पातहरु जम्मा गरी जलाउने, समुचित खाद्यतत्वको प्रयोग गर्ने र कासु वी १ मि.लि र २ ग्राम कपरअक्सिक्लोराईडयुक्त बिषादी १ लिटर पानीमा मिसाई छर्ने ।

३.एन्गुलर लिफ स्पट (चित्र :४)
    न्यानो तथा आद्र समयमा यो समस्या देखा पर्दछ ।
समाधान
     पानी तथा शित परेको वेलामा वारीभित्र नपस्ने, कासु वी १ मि.लि र २ ग्राम कपरअक्सिक्लोराईडयुक्त बिषादी १ लिटर पानीमा मिसाई छर्ने

४. दाद (चित्र :५–६)
    चिसो रात तथा वढी आद्रता भएको समयमा यो समस्या देखा पर्दछ । गाढा ढुसीले दाग ढाक्दछन् । पात, फल र भर्खरका मुनामा बढी मात्रामा यो समस्या देखा पर्दछ 
समाधान
    सरसफाईमा ध्यान दिने ,मेन्कोजेव युक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने
५.एन्थ्राकनोज (चित्र :३)
लक्षण
    पातमा रातो खैरो सुख्खा थोप्ला बन्दछ र पात मर्दछ । बिशेष गरी ढिला रोपेका बिरुवामा यो  समस्या देखा पर्दछ 
समाधान
    सरसफाईमा ध्यान दिने , मेन्कोजेव युक्त बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने
६.जरामा गाँठापार्ने जुका ( चित्र :८)
लक्षण
    बिशेष गरी हल्का बलौटे माटोमा बढी प्रकोप हुन्छ । विरुवा होचा भई पातको आकार समान हुदैन र वोट ओइलाउँदछ
समाधान
    फल टिप्ने कार्य सकिएपछि  जरासहित बोट उखेल्ने, माटोको  निर्मलीकरण  गर्ने  ।वालीचक्र प्रणाली अबलम्वन गर्ने 
७.मोजाईक भाईरस (चित्र :७)
लक्षण
    नयाँ पातका नशा वरिपरि हरियो र पहेलो धव्वा देखिन्छन् । पातहरु घुम्रेका एवं तल माथि उठेका हुन्छन् । वोटमा फुल लाग्दैन ।
समाधान
    ग्रसित बोटहरु उखेलेर जलाउने र चुसाहा कीरा नियन्त्रण गर्न दैहिक बिष २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने । दुध (१० मि.लि. प्रति लिटर पानी) र  गाई बस्तुको पिसाव र पानी (१ः५) पालै पालो गरी ४–५ चोटि छर्दा रोगको प्रकोप न्युनीकरणमा सहयोग पुग्दछ  ।

 लहरे तरकारी बालीका मुख्य कीराहरु
१.काँक्रोको  रातो खपटे (चित्र :१३)
    लाभ्रेले बिरुवाका जरा भित्र पसेर खान्छन् र यिनले जमिनको सतह छोएका पात,डाँठ, मुल हाँगा र फलमा भित्र पसी खान्छन् भने बयस्कले पातको हरियो पर्दाथ खान्छन् ।
समाधान
    बिहानीपख वयस्कलाई टिपेर मार्ने एवं निममा आधारित बिषादी २ मि.लि. प्रति लिटर पानीका दरले प्रयोग गर्ने
२. खैरा तथा निला खपटे (चित्र :१४)
    माथि रातो खपटेमा बताए अनुसार क्षति गर्दछ र  नियन्त्रणको लागि माथि उल्लेखित विधि अपनाउने 
३.लाही कीरा (चित्र :९)
    यिनिहरुले  बिरुवाको रस चुस्दछन् तथा मोजाईक भाईरस सार्ने कार्य गर्दछन् 
समाधान
    झोलमल (१ भागमा ५ भाग पानी मिसाएर) छर्ने , सुर्तीको पात, गहुँत र पानी मिसाएर छर्ने वा नियन्दैत्हिरण नभएमा दैहिक बिषको प्रयोग गर्ने ।
४.सेतो झिँगा (चित्र :१०)
    यिनिहरुले बिरुवाको रस चुस्दछन्
समाधान
    स्टिकि ट्रयापको प्रयोग गर्ने,निमजन्य बिषादीको प्रयोगले कीराले अण्डा पार्न सक्दैन र संख्या नियन्त्रण गर्न सहयोग पुग्दछ, यदि नियन्नण नभएमा दैहिक  बिषादी इमिडाक्लोरपिड ( ३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने  तर यसको पर्खने अवधि लामो भएकोले गर्दा बजारमा लहरे तरकारी लैजाने वेलामा प्रयोग गर्नु हुदैन ।

५.फल कुहाउने औसा (चित्र :११)
    पोथि झिंगाले फुल पार्ने अंगको सहायताले डाँठ,फुल वा फलमा छेडेर फुल पार्दछ जसवाट औसा निस्किएर क्षाति गर्दछ
समाधान
    ग्रसित फल तथा फुल टिपेर बिषादीमा डुवाई खाडलमा पुर्ने
    भालेको संख्या नियन्त्रण गर्न क्युल्युरको प्रयोग गर्ने ।   पानीमा, चिनि वा सख्खर मिसाई प्रति लिटरमा १ मि.लि.का दरले मालाथियन मिसाई वाली लगाएको क्षेत्रको केही ठाउँहरुमा छर्ने । पाकेका, फर्सी, काँक्रा वा तरबुजाका केही भाग काटेर वाटा वा माटोको कतारीमा १–२ मीटर उचाईमा केही पानी हालेर राख्ने र सो पानीमा ५–७ थोपा मालाथियन झोल मिसाउने ।
६. स्पाईडर माईट (चित्र :१६)
     यसले कलिला मुन्टा र पातबाट रस चुसि बिरुवाको बृद्धि हुदैन र पात गुजमुज भई शुरुको अबस्थामा भाईरस संग मिल्दोजुल्दो लक्षण देखाउँदछ ।
समाधान
     खनिज तेल १५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने वा केल्थेन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने
७. पतेरो ( चित्र :१५)
    यस कीराका माउ र वच्चाले पात र डाँठवाट रस चुस्दछन्
समाधान
    जालीको सहायताले माउ र वच्चालाई बिहानीपख पक्रेर मार्ने, झोलमलको प्रयोग ८ देखी १० दिनको फरकमा गर्ने


 लहरे तरकारी बालीमा देखा पर्ने केही प्रमुख समस्याहरु 
फल बाङगाटिङगा हुनु (चित्र :१७)

    राम्रोसंग पोलिनेसन नभएमा, रोग लागेमा, मौसममा उतारचढाव आएमा (धेरै तातो, चिसो ) धेरै वा कम मलखाद दिएमा,सुक्ष्म तत्वको कमी भएमा यस प्रकारकव् समस्या देखा पर्दछ ।
समाधान 
    पोलिनेसनको लागि फुल फुलेको समयमा मौरी राख्ने , ठिक मात्रामा मलखाद राख्ने ,उचित सिंचाई गर्ने , हर्मोन स्प्रे गर्ने र रोग नियन्त्रण गर्ने ।


 बिभिन्न तत्बहरु कमी
नाइट्रोजन  (चित्र :२६)
 बिरुवाको बिकास ढिला तथा विरुवाका पुराना पातबाट पहेलोपन शुरु भइ पुरै विरुवा पहेलो हुने । नयाँ पातहरुको विकास रोकिने । झिना फलहरु फल्ने
समाधान

बिरुवाको अबस्था तथा बृद्दि  बिचार गरी झोलमल वा अन्य नाइट्रोजन युक्त मलको प्रयोग गर्ने

फस्फोरस ( चित्र :२३)
 बिरुवा बिस्तार बढ्ने आँख्लाहरु बिचको दुरी छोटो हुने । पातको रंग बैजनी हुने । कम  एबं गुणस्तरहीन फल लाग्ने, फलमा बियाँ कम लाग्ने ।
समाधान
सन्तुलित खाद्यतत्वको प्रयोग तथा माटोको उपयुक्त पि.एच कायम गर्ने ।
पोटासियम (चित्र :२५)
पातहरु गुजुमुजु हुने जुन पुराना पातबाट शुरु हुने । पातको टुप्पो मर्ने । फलको असमान विकास हुने ।
समाधान
सन्तुलित खाद्यतत्वको प्रयोग तथा माटोको उपयुक्त पि.एच कायम गर्ने ।
 क्याल्सियम (चित्र :२१–२२)
 नयाँ  तथा कलिला पात तथा बोटको मुनामा पहिलो लक्षण देखिने ।बृद्धि रोकिने तथा आँख्लाको दुरी कम हुने । पातको बरिपरीको भागको विकास नहुने तथा पात तलतर्फ मोडिने । बोटको   । फलको टुप्पो कुहिने समस्या देखिने ।
समाधान
 माटोको पि.एच उपयुक्त राख्न कृषि चुनको प्रयोग गर्ने । सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने । चिलेटेड क्याल्सियम वा क्याल्सियमयुक्त अन्य सुक्ष्मतत्वको प्रयोग गर्ने ।
म्याग्निज (चित्र :२४)
पातको नशाहरुको बिचमा पहेला तथा हरिया धब्बा देखा पर्ने र पछि पात पहेलो हुने ।
समाधान
 म्याग्निज सल्फेटको प्रयोग गर्ने ।
 बोरोन( चित्र : १९–२० )
मुनाहरु मरेर विरुवाको बृद्धि विकास नहुने 
समाधान
 बोरेक्स माटो तथा बोटमा प्रयोग गर्ने
फलाम ( चित्र : २८)
नयाँ पातहरुको नशा हरियो र बिचको भाग पहेलो हुने तर पुराना पातहरु  हरियो हुने  ।
समाधान
 माटोको पि.एच उपयुक्त राख्ने तथा सन्तुलित मलखादको प्रयोग, चिलेटेड आइरन वा आइरन भएको सुक्ष्मतत्वको प्रयोग गर्ने ।
मोलिब्लेडनम ( चित्र : २७)
नशाहरुको बिचमा सेतो हुने तथा पातको बरिपरीको भाग डढेजस्तो हुने । पुराना पातहरुमा पहिला लक्षण देखा पर्ने ।

 समाधान
माटोको पि.एच  उपयुक्त राख्ने तथा मोलिब्लेडनम युक्त सुक्ष्म तत्व प्रयोग गर्ने ।