लहरे तरकारी वालीमा कलमी

नेपालमा यस प्रविधि नौलो भएतापनि विकसित देशहरुले विगत लामो समयदेखि स्बस्थ एवं रोग रहित विरुवा उत्पादन गर्न यस प्रविधिको अवलम्वन गर्दे आएका छन् ।
कलमी गर्न उपयुक्त लहरे तरकारीहरु
काँक्रोः फर्सीको रुटस्टक
तरवुजा : कुभिण्डोको रुटस्टक
खरबुजा : लौकाको रुटस्टक
कलमीको लागि प्रचलित विधिः
पेग बिधि
यो बिधि लहरे तरकारी वालीहरु( काँक्रो, खरवुजा, तरवुजा आदि) को लागि उपयुक्त बिधि हो । यसमा बाँसको वा फलामको ३० डिग्रि छड्के पारेर काटिएको कलम्ी गर्ने औजार,ब्लेड, माटो भरेको थैला,प्लाष्टिक, छायाँदिने मान्द्रो वा गुन्द्रीको आबश्यकता पर्दछ । यस बिधिमा लौकाको वीउ १२ देखि १५ दिन  अगाडि रोपिन्छ । साधारतया रुटस्टकको वीउ कति अगाडि लगाउने भन्ने कुरा वीउको कडापन र सुषुप्तता९मयचmबलअथ० मा भर पर्दछ । यस बिधिमा रुटस्टकको ३ बटा जति मुख्य पात र सायनको वढीमा २ वटा सम्म मुख्य पात आएपछि कलमी गरिन्छ । यदि सायनमा धेरै मुख्य पात आएको छ भने कलमी सफल हुदैन । सबभन्दा पहिला रुटस्टकलाइ माटोवाट उखेलेर बृद्विहुने भाग(दलिय पात भन्दा माथिको मुख्य पातहरु) भाँच्ने काम गर्नुपर्दछ । लगभग २ मिलिमिटर जति ब्यासको २ सेमी गहिरो प्वाल दलिय पातभन्दा माथिबाट ३० डिग्रि जति छड्के पारेर कलमी गर्ने लठ्ठीको सहयोगले पार्ने ।  सायनलाई पनि ३० डिग्रिजति छड्के पर्ने गरी ब्लेडले मथिवाट तल काट्ने र काटिएको भाग तल पर्ने गरेर रुटस्टकमा घुर्सार्ने । प्लाष्टिकको थैलोमा माटो भरी बिरुवा रोप्ने र प्रति बिरुवा १०० मिलि जति पानी जोडेको भागमा नपर्नेगरी हाल्ने  र उक्त बिरुवालाई कलमी घरमा लगि बरिपरीबाट प्लाष्टिकले हावा नछिर्ने गरी छोप्ने र ५ दिन जति छाहारीमा राख्ने । कलमी सफल भएपछि बिस्तार छहारी तथा प्लाष्टिक हटाउने र एक हप्ता जतिमा पूर्णरुपमा हटाउने । कलमी सफल भएपटि पनि ्ररुटस्क बाट यदि मुना पलाएमा हटाउने कार्य गर्ने । यस विधिवाट पनि ९० प्रतिशतभन्दा बढी कलमी सफल हुन्छ ।