परिचय

प्राङ्गारिक  कृषि’  दीगो  पर्यावरण  र  पारिस्थितिकीय  प्रणाली,  सुरक्षित,  गुणस्तरीय  तथा  पोषणयुक्त  खाना,  प्राणी  जातिको  कल्याण  र  सामाजिक  न्यायका  लागि  कृषि  प्रणालीमा  प्रयोग  हुने  निश्चित  प्रक्रियाहरुको  एकिकृत  उपागम (Approach) हो  ।  प्राङ्गारिक कृषि प्रणालीमा बाहिरी स्रोत तथा लगानीको न्यूनतम उपयोग गरिन्छ र वाली उत्पादन कार्यमा कृषि प्रणालीका केही उत्पादन सामाग्री तथा प्रक्रियाहरुको उपयोगलाईनकारिन्छ । सामान्य अर्थमा हानिकारक मल, बिउ, विषादी, सामग्री तथा व्यवहारहरुको प्रयोग नगरिकन स्वस्थ, सभ्य र सकेसम्म प्राकृतिक एवं स्थानीय श्रोत साधनकोप्रयोग गरेर गरिने कृषि कर्म प्राङ्गारिक कृषि हो ।  प्रांङ्गारिक कृषि माटोको उर्वरापन र मानव स्वास्थ्यको प्रबद्र्धन गर्ने उत्पादन प्रणाली हो । यो पर्यावरणीय पद्धति, जैविक विविधता र स्थानीय परिवेश अनुसारको चक्रीय प्रणालीमा आधारित हुन्छ । यसले परम्परा, अन्वेषण  र  विज्ञानलाई  समायोजन  गरी  यसमा  अन्तरनिहित  पक्षहरुको  स्वच्छ  सम्बन्ध  र  गुणस्तरीय जीवन पद्धतिको प्रबद्र्धन गर्दछ । अत्याधिक  रुपमा  बढ्दै  गएको  रसायनहरुको  असुरक्षित  प्रयोगबाट  मानव,  वातावरण,  माटो,  पानी  तथा  बिरुवामा  देखिएको  दुष्परिमाणबाट  जोगिनको  लागिआजैदेखि झारपात, रोग तथा कीरा नियन्त्रण गर्न  स्थानीय प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वद्र्धन र सन्तुलित उपयोग गरी दिगो कृषि व्यवस्थापन मार्फत कृषि क्षेत्र एवं मुलुकको आर्थिक विकास गर्नमा व्यवसायिक प्राङ्गारिक खेतिको विकास गर्नुपर्दछ । नेपालमा जमिनको खण्डिकरण बढ्दै जानु, चक्लाबन्दी नहुनु, यान्त्रीकरणको लागि सहज नभएको, माटो संरक्षणमा ध्यान नदिंदा प्रत्येक बर्ष भू–क्षय भई उत्पादन तथा उत्पादकत्व  घट्दै  गएको  अवस्था  छ  ।  अन्तराष्ट्रियस्तरमा  रासायनिक  मल,  बिषादी  तथा बिउको मूल्य बढदै गई लागत बढी हुन गई दिगो खेतिको लागि स्थानीय स्रोत तथा साधनको सदुपयोग गरी वातावरण मैत्री, जनस्वास्थ मैत्री खेति गर्नको लागि पनि प्रांङ्गारिक खेति तर्फ अगाडि बढ्नुपर्ने देखिन्छ ।

नेपालको सन्दर्भमा विविधतापूर्ण पारस्थितिकीय प्रणालीको संरक्षण एवं उपयोग गर्दै प्राकृतिक श्रोतमा आधारित प्राङ्गारिक खेतिलाई विकास गर्न सकिने संभावना प्रशस्त  रहेको  छ  ।  साथै  हाम्रो  स्थानीय  मौलिक  विधि  र  तरिकाबाट  उत्पादित  कृषि  उपजबाट पनि तुलनात्मक लाभ लिन सकिन्छ । रासायनिक मल तथा विषादीको प्रयोगको दृष्टिकोणबाट हाम्रो कृषि प्रणालीलाई संक्षेपमा सिंहावलोकन गर्दा सबैभन्दा बढी शहर वरिपरिका व्यावसायिक पकेटहरु र यातायात पहुँच भएका राजमार्ग छेउछाउका स्थानहरु  पर्दछन्  ।  यस  बाहेक  बाँकी  अधिकांश  भूमि  करीब  ७० प्रतिशतभन्दा  धेरै  अझैपनि  प्राङ्गारिक  खेति  प्रणालीमा  आधारित  छ  ।  नेपालका  कृषकहरुसँग  औसत  प्रति परिवार करिब ०.५ हे भन्दा कम जमिन भएको हुँदा गरिब किसानहरुलाई समेट्न र  उत्पादनमा  दिगोपन  ल्याउन  प्राङ्गारिक  खेति  प्रणाली  एक  राम्रो  वैकल्पिक  उपाय  हुन सक्छ । हाल नेपालको औसत रासायनिक बिषादी प्रयोगको मात्रा अन्य देशको तुलनामा कम रहेको (हाल  ३९६ ग्रा ए.आइ प्रति हे) छ । प्रांङ्गारिक खेति प्रबद्र्धनको लागि कृषि नीति २०६१, कृषि व्यवसाय प्रबद्र्धन नीति २०६३, आवधिक योजनाको साथै कृषि विकास रणनीतिमा पनि विशेष प्राथमिकता दिइएको छ । प्रांङ्गारिक मल कारखानामा अनुदान, प्रांङ्गारिक मलमा अनुदान, जैविक बिषादी उत्पादन कार्यक्रममा सहयोग, प्राङ्गारिक प्रमाणिकरणको लागि सहयोग, प्राङ्गारिक बस्तु निकासीको लागि अनुदान सहयोग कार्यक्रमहरु नियमित रुपमा नेपाल सरकार मार्फत सञ्चालन भईरहेका छन्

Serial No.

1