परिचय

आलु नेपालको एक प्रमुख नगदेबाली हो । यो तराइ र मध्य पहाडको लागि तरकारी बाली हो भने उच्च पहाडको लागि मुख्य खाद्यान्न बाली हो । यो बाली क्षेत्रफलमापाँचौं, उत्पादनमा दोश्रो तथा उत्पादकत्वमा प्रथम स्थानमा रहेको छ । छोटो अवधिमा प्रति इकाई जमिनमा उत्पादन उच्च तथा पहाडी क्षेत्रमा पनि सजिलै उत्पदान गर्न सकिने भएकोले खाद्य सुरक्षामा सहयोग गर्दछ । तरकारी,अचार, आलुदम, चिप्स बनाएर, तारेर, मसेउरा बनाएर, उसिनेर, पोलेर आद बनाएर खाइन्छ । आलुलाई फलाम थायमिन, नियासिन, भिटामिन सी, प्रोटिन र कार्बोहाइड्रेडको राम्रो श्रोत मानिन्छ । आलुको उत्पान लागत विश्लेषण गर्दा कूल लागतको ४० देखि ५० प्रतिशत खर्च बिउ आलुमा लाग्ने गरेको छ । अधिकांश नेपाली कृषकहरुले राम्रा र ठूला आलु बिक्री गर्ने वा खाद्यान्नको लागि प्रयोग गर्ने र बाँकी रहेको ससाना र रोगी आलुलाई अर्को बर्ष बिउको रुपमा प्रयोग गरेको देखिन्छ, जसले गर्दा बर्षेनी रोग कीराको प्रकोप बढदै जाने र उत्पादकत्वमा समेत कमी आउने गरेको छ । नियमित रुपमा एकै जातको आलु पुस्तौसम्म प्रयोग गर्दै जाँदा भाइरसजन्य रोग (बिषाणु) को कारण जातको गुणस्तर खस्कनु (ख्बचष्भतथ म्भनभलभचबतष्यल० ले उत्पादन तथा उत्पादकत्व घट्दै गएको छ । त्यसैले तन्तु प्रजनन् विधिद्वारा उत्पादन गरिएको मूल बिउको प्रयोग गरी उन्नत जातको बिउ आलु उत्पादन गर्नुपर्ने जरुरी छ । घट्दो आलुको उत्पादन, बढ्दो मागको कारणले बढेको आयत न्यूनिकरण गर्न जरुरी छ ।