जमिनको तयारी

आलुको जरा कमजोर र माटोमुनी फल्ने भएकोले आलु लगाउने जमिनलाई राम्रोसँग जोतेर झरपात हटाई डल्ला फुटाएर माटो बुरबुराउँदो बनाउनुपर्छ । राम्रोसँग तयार पारेको माटोमा जमिनभित्रको पानी सजिलैसँग बिरुवालाइ उपलब्ध हुन्छ र बढी भएको पानी पनि सजिलैसँग जमिनभित्र निकास हुन्छ । आलु खेतीको लागि बढी चिम्टाइलो र पानी जम्ने माटो राम्रो हुंँदैन ।