आलु खेतीको लागि चाहिने मलखाद

मलखादको मात्रा माटोको उर्वराशक्ति, बाली चक्र आदि धेरै पक्षमा निर्भर भएता पनि राम्रो उत्पादन लिनको लागि तपसिल अनुसारको मात्रामा मलखाद प्रयोग गनुपर्दछ ।
राम्रोसंग पाकेको कम्पोष्ट वा गोबरमल           १५०० के.जी प्रति रोपनी
डि.ए.पि                                                  ११ केजी प्रति रोपनी
युरिया                                                     ७ केजी प्रति रोपनी
म्युरेट अफ पोटास                                     ५ केजी प्रति रोपनी

नपाकेको कम्पोष्ट मल प्रयोग गरेमा विरुवाले पूर्णरुपमा खाद्यतत्व लिन पाउंँदैनन् साथै नपाकेको मलमा हानिकारक कीराहरुको फूल, प्युपा र लार्भा पनि हुनसक्ने हुँदा नपाकेको मल प्रयोग गर्नु हुँदैन । मलखाद प्रयोग गर्ने तरिका

  • सिफारिस गरिएको मलखाद मध्ये कम्पोष्ट, डि.ए.पी र पोटास मलको पूरै मात्रा र युरियाको आधा मात्रा आलु रोप्ने बेलामा प्रयोग गर्ने र बाँकी आधा युरिया पहिलोपटक उकेरा लगाउने बेलामा प्रयोग गर्ने ।
  • प्राङ्गारिक मल तथा रासायनिक मल दुबै आलु लगाउने बेलामा लाइनमा राख्न राम्रो हुन्छ ।
  • लाइनमा राखेको मलबाट बिरुवाले उम्रनासाथ सजिलैसँग खाद्यतत्व पाउँछ साथै प्राङ्गारिक मलले माटो हल्का र खुकुलो बनाइदिन्छ र थोरै मलखाद्यको प्रयोगबाट धेरै उत्पादन लिन सकिन्छ ।
  • लाइनमा मल राखी आलु लगाउँदा आलु रोप्नको लागि तयार पारिएको कुलेसामा सबभन्दा पहिले रासायनिक मल त्यसमाथि कम्पोष्ट मल हाली त्यसमाथि आलु लगाउनुपर्छ ।
  • रासायनिक मल माथि आलु रोपेमा बिउ आलु कुहिएर जान्छ ।