गोडमेल तथा उकेरा दिने

गोडमेल तथा उकेरा चढाउने काम आलु उम्रेको २०,२५ दिनमा अर्थात आलुको बोट एक वित्ता जति अग्लो हुनासाथ पहिलो पटक र आलु रोपेको २ महिनापछि दाश्रोपटक गरी दुइपटक गनुपर्छ । माटो चढाउँदा मूल जराको वरिपरि त्यान्द्रा र नयाँ फलेको दानालाई नोक्सान नहुनेगरी चढाउनुपर्छ ।
गोडमेल तथा उकेरा दिँदा हुने फाइदाहरु

  • माटोमा हावाको सञ्चार राम्रो हुन्छ ।
  • माटो खुकुलो हुन्छ र आलुका दानाहरु विनाअवरोध बढ्न सक्छन् ।
  • आलुको दानामा घामको प्रकाश सोझै पर्न गएमा दाना हरियो भई खान लायक हुदैन ।
  • आलुको दाना लाग्ने त्यान्द्राहरु माटोबाहिर निस्कन दिनहुँदैन । यदि बाहिर आएमा दाना नलागी टुप्पाबाट बोटको पिकास हुन्छ ।
  • झारपातको नियन्त्रण हुन्छ ।