बोट उखेल्ने (हाल्म पुलिङ )


माटोमुनि फलेका दाना निरीक्षण गर्दा ८० प्रतिशत आलु गेडा बिउ साईजमा पुगेको भएमा सिंचाई बन्द गर्नुपर्छ र बन्द गरेको ७ देखि १० दिन पछि बोट उखेल्नुपर्छ । बोट उखेल्दा दुईवटा खुट्टाको बीचमा पारी खुट्टाले च्यापी उखेल्नु पदर्छ जसले गर्दा दाना माटो भित्रै रहन्छ र डाँठ, त्यान्द्रा र जरा बोटसँगै बाहिर आउँछ जसलाई हाल्म पुलिङ भनिन्छ । हाल्म पुलिङ नगरेमा आलु खन्दा आलुको बोक्रा छिप्पिएको हुँदैन र खुईलिन सक्छ । जसले गर्दा आलुको दानामा सजिलै रोग किराको प्रवेश हुन सक्छ । डढुवाको प्रकोप ज्यादा भएमा र लाही किराको संख्या बढेमा हाल्म पुलिङ्ग केही समय अगाडि पनि गर्न सकिन्छ । यसरी बोट उखेल्दा आलुको दानामा रोग सर्ने सम्भावना कम हुनुको साथै आलुको बोक्रा छिप्पिन गई भण्डारण अवधि बढ्छ ।