कीरा, रोग र अन्य समस्या ब्यवस्थापन

प्लाष्टिक घर भित्र गोलभेडा बाली व्यवस्थापनको कमजोरीले गर्दा गोलभेडामा डढुवा, डाँठ कुहिने रोग, ढुसी तथा ब्याक्टेरियाजन्य ओइलाउने रोग, भाइरस, निमाटोड, पात खन्ने टुटा कीरा, सेतो झिंगा आदिको प्रक्रोप बढ्दै गएको छ । जसले गर्दा प्लाष्टिक घरभित्र गोलभेडा खेतीमा प्राविधिक चुनौति थपिएको छ । गोलभेडा खेतीमा देखिने मुख्य कीराहरु, रोगहरु तथा अन्य समस्याहरु (खाद्यतत्वको असन्तुलन, प्रतिकुल मौसम) को सहि पहिचान र उपयुक्त ब्यवस्थापन गरी थोरै क्षेत्रफलबाट अधिक उत्पादन लिन सकिन्छ । गोलभेडामा लाग्ने रोग कीराहरुको व्यवस्थापनमा एकीकृत बाली सरक्षणका विधिहरु अवलम्बन गर्नु उपयुक्त हुन्छ । जसका लागि स्वस्थ बाली हुर्काउनु, खेतबारीको नियमित अवलोकन गर्नु, मित्र जीवको संरक्षण गर्नु, कृषक स्वयं दक्ष बन्नु आवश्यक हुन्छ ।