गाेलभेडाकाे पात खन्ने कीरा

परिचय
पातमा अनियमित रुपमा खनेको, पारदर्शी लक्षण नियाल्नुस् जसमा कहिलेकाही लार्भा र प्यूपा हुनसक्दछ, मुनामा लार्भाले खाएको र कालो बिष्टाहरु, फलको बोक्रामा अनियमित धब्बाहरु र अधिक क्षति भएको अवस्थामा, गोलभेडाको बोटहरु सुकेको जस्तो देखिन्छ । क्षति गरेको भागमा हरियो सेतो देखि गुलाबी रंगका ०.९ सेमीका लार्भाहरु देखिन्छन जस्को टाउकोमा अर्धचन्द्राकार घेरा भएको हुन्छ । बयस्क माउ पुतलीलाई पातको तल्लो पट्टी देख्न सकिन्छ |

व्यवस्थापन

  • कीराले संक्रमण गरेका पातहरु र अन्य बिरुवाका भागहरु हटाई नष्ट गर्ने (जलाउने वा कम्तिमा १ फुट गाड्ने ।बयस्क माउ पुतलीलाई नियन्त्रण गर्न
  • टिएलएम ल्युर वटा-टि पासो प्रति रोपनी ५ का दरले राख्ने अथवा प्रति रोपनी १ बत्तिको पासो प्रयोग गर्ने ।
  • निममा आधारित कीटनाशक बिषादी एजाडिरिक्टिन १ % ईसि ३ मिलि प्रति लिटर पानीमा मिसाई ७–७ दिनको अन्तरालमा छर्ने ।
  • मेटारहिजिएम एनिसोफिलाई (१ह१०८ सिएफयु प्रति ग्राम) २००–२५० ग्राम प्रति रोपनीका दरले माटो उपचार गरि लार्भालाई मारेर प्यूपा अवस्थामा जान रोक्न सकिन्छ ।
  • गहुँत पानी १ः५ को अनुपातमा मिसाई ५–५ दिनको अन्तरालमा छर्ने ।
  • बिटि कुस्टाकी १ % डब्लु पि २ ग्राम प्रति लिटर पानीमा मिसाई ७दिनको फरकमा छर्ने ।
  • रसायनिक विषादीहरुको प्रयोग गर्दाः

क्लोरोएन्ट्रानिलिप्रोल १८.५ % एससि १ मिलि प्रति ३ लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्ने ।स्पिनोस्याड ४५ % एससि १ मिलि प्रति ३ लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्ने ।
फ्लुबिन्डियामाईड ३९.३५ % एससि १ मिलि प्रति ३–५ लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्ने ।

ईबामेक्टिन बेन्जोएट ५ % डब्लुडिजी १ मिलि प्रति ३ लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा छर्ने ।

  • कीराले बिष पचाउने क्षमताबाट बचाउन माथि उल्लेखित कीटनाशक बिषादीहरु आलोपालो गरि प्रयोग गर्ने ।