गोलभेडाको फलमा लाग्ने गवाराे

परिचय 

गोलभेडाको फलमा लाग्ने माउ पुतलीले फूल पार्दछ र फूलबाट लार्भा वा गवारो बन्दछ । सोही गवारोले गोलभेडाको फलमा क्षति गर्दछ । हेलिकोभर्पा गबारो फल भित्रै पसेर गुदी खाई नोक्सानी गर्दछ भने स्पोडोप्टेरा गबारोले फलको बोक्रा खाई नोक्सानी गर्दछ । कीराको अचल अवस्था (प्यूपा) माटो मुनी रहन्छ र पुनः वयस्क पुतली निस्कन्छ । यसरी कीराको जीवन चक्र र क्षति गर्ने अवस्था अनुसार व्यवस्थापनका बिधिहरु अपनाउनु पर्दछ । 

व्यवस्थापन

  • कीराका लार्भाहरुलाई समातेर मार्ने । कीराले क्षति गरेको फललाई नष्ट गर्ने ।
  • हेलिल्यूर र स्पोडो ल्यूर पाराफेरोमोन फनेल ट्रयापमा प्रयोग गर्ने (प्रति रोपनी कम्तिमा १,१ वटा अनुगमनका लागि र ४–५ वटा व्यवस्थापनका लागि) ।
  • झोलमल वा गहुँत पानी १ः५ को अनुपातमा १, १ हप्ताको फरकमा छर्ने ।
  • निममा आधारित विषादी एजाडिरिक्टिन जस्तैः निम्बिसिडिन, मल्टिनिम३–५ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।
  • सयपत्री वा असर्फी फूल जस्ता विरुवा जुन कीराहरुले फुल पार्न मन पराउछन् बारीको वरिपरि लगाउने र त्यसमा आर्कषण भएका
    कीरहरुलाई बिषादी प्रयोग गरि मार्ने ।
  • जैविक विधि अन्र्तगत वि.टि. १% डब्लु पि १–२ ग्राम प्रति लि. पानीमा मिसाई प्रयोग गर्न सकिन्छ । वा एच.एन.पी.भी. जैविक विषादीको ३ मिलि १ लिटर पानीका दरले मिसाएर गोलभेडा बालीमा छर्ने । 
  • ट्राईकोग्रामा केईलोनिस परजिबी कीराको प्रयोग गर्ने जसले यस कीराका अण्डाहरु नष्ट गर्छन् (७००० अण्डा प्रति रोपनी प्रति हप्ता
    ६ महिना विरुवाको वृद्धि अवधि भर) ।
  • साइपरमेथ्रीन २ मिलि वा साइपरमेथ्रीन र क्लोरोपाईरिफस १.५मिलि प्रति लि. पानीमा मिसाई छर्ने । वा डेल्ट्रामेथिन वा फिप्रोनिलवा ट्रायजोफस वा कार्टप हाईड्रोक्लोराईड प्रयोग गर्न सकिन्छ ।