डढुवा

लक्षण

  • यस रोगले बिरुवाको कुनैपनि अवस्थामा आक्रमण गर्दछ ।
  • जाडो याममा उपयुक्त वातावरण भएमा रोग पातको किनारामा साना–साना पानीलेभिजेका जस्ता थोप्लाहरुबाट शुरु हुन्छ । जुन कालो भएर आउँछ र आकारमा पनि वृद्धि हुन्छ ।
  • पातको हरियोपना हराए जस्तो हुन्छ । जसले गर्दा पात र पातको किनाराबाट रोगको शुरुवात हुन्छ ।
  • उपयुक्त वातावरण भएमा २–३ दिनमा पात मरेर जान्छ । पात मात्र नभई बोट नै मर्न सक्छ।
  • चिस्यान बढी भएमा रोगी बिरुवा सड्छ र नराम्रो गन्ध आउँछ ।

व्यवस्थापन

  • बिउको छनौटः रोग लागेको क्षेत्रको बिउ नलिने।
  • खेत बारी सफा राख्ने ।
  • बोटहरु राम्ररी सुक्न दिएर मात्र आलु खन्ने ।
  • माटो चढाउँदा ४–६ इन्च माथिसम्म बोटलाई पुरिदिने जसले दानालाई रोगमुक्त राख्न सहयोग मिल्छ ।
  • ढुसीको लागि उपयुक्त हुने वातावरण हुन थाले पछि विषादि छर्न शुरु गर्ने । क्रिलोक्सिल वा रिडोमिल १.१५ ग्राम प्रतिलिटर पानीमा मिसाई १५–२० दिनको फरकमा २–३ पटक छर्ने वा डाइथेन एम–४५ वा इण्डोफिल एम–४५ र ब्लाइटक्स–५०, ३ ग्राम प्रतिलिटर पानीमा मिसाई ७/७ दिनको अन्तरालमा ३–४ पटक छर्ने वा १५% को बोर्डियक्स मिक्सचरको घोल बनाई ७/७ दिनको फरकमा छर्ने । प्राङ्गरिक विधि अन्तर्गत ट्राइकोडर्मा प्रयोग गर्न सकिन्छ ।
  • रोप्नु अगाडि आलुलाई डाइथेन एम.–४५ २ ग्राम प्रति लिटर पानीमा मिसाएर बनाएको घोलमा १० मिनेटसम्म डुबाएर रोप्ने ।

डढुवा 

डढुवा रोगको क्षति

डढुवा

डढुवा रोगको क्षति