आलुमा लाग्ने खैरो पिप चक्के रोग (ओइलाउने ब्याक्टेरिया)

लक्षण
रोगले विरुवाको जुनसुकै अवस्थामा आक्रमण गर्न सक्छ ।
शुरुमा बोटको एउटा हाँगा मात्र ओइलाउँछ ।
घाम लाग्दा ओइलाउने र घाम नलाग्दा विरुवा स्वस्थ जस्तै देखिन्छ । पछि पूरै बोट ओइलाउँछ
बोटको अवस्था बढी भई सकपछि आलुको दानामा आँखाहरु कालो हुन थाल्दछ ।आँखामा माटो टाँसिएको हुन्छ । दाना काटेर हेर्दा खैरो चक्र देखिन्छ।
खैरो चक्र देखिएको ठाउँमा हातले थिच्दा कुहिएको ठाउँबाट सेतो पिप जस्तो बाक्लो तरलपदार्थ निस्कन्छ ।

व्यवस्थापन
रोगी बिउ प्रयोग नगर्ने ।
घुम्ते बाली प्रणाली अपनाउने ।
धेरै गहिरोमा आलु नलगाउने, स्वस्थ, हरियो, मोटो टुसा भएको आलु लगाउने
उचित मलखाद, गोडमेल र सिंचाईको प्रबन्ध मिलाउने ।
अन्तर बाली – आलु – मकै लगाउने ।
पाखो बारीमा यो रोगको आक्रमण बढी हुने हुँदा खेतमा आलु लगाउने ।
खेतबारीमा रोगी आलुको बोट देखिन शुरु गरेपछि रोगी बोट हटाएर विरुवाको जराले ढाके जति क्षेत्रफलमा १०% को फर्मालिन वा ०.५% को स्ट्रेप्टोसाइक्लिन झोलले १ फिट गहिराईसम्म भिज्ने गरी उपचार गर्ने ।