सिट्रस ग्रीनिंग

यो रोग (Candidatus liberibacter var. asiaticus) नामक ब्याक्टेरियाबाट लाग्दछ । नेपालमा यो रोग पहिलो पटक वि.सं. २०२४ मा पोखरामा देखिएको थियो र हाल यो रोगले नेपालमा विकराल रुप लिई सकेको अवस्था छ । यो रोगको जीवाणु सिट्रस सिल्ला किराले एक रोगी बिरुवाबाट अर्को स्वस्थ बिरुवामा सार्दछ । साथै रोगबाट संक्रमित बोटको सायन प्रयोग गरेमा कलमी गरिएको बोटबाट एक
स्थानबाट अर्को स्थानमा सर्दछ ।
लक्षण

  • पातको नसाहरु पहेंलिने र बिस्तारै पुरै पात पहेंलिने
  • बोटहरु टुप्पोबाट सुक्दै जाने र अन्तमा बोट मर्ने;
  • पातहरु सानो हुने,
  • पातहरुको हरियो पृष्ठभूमिमा
  • हरियो र पहेंलो टाटाहरू देखिने र यी टाटाहरू पातको बीच भागको नसाको दुबैतिर असमान किसिमले रहन्छ;
  • बेमौसमी फूल फुल्ने र फलको आकार सानो हुने,
  • फललाई काटेर हेर्दा फलको गुदी भागदेखि समान नभई एका पट्टीको पाटो ठूलो र अर्को पट्टीको पाटो सानो हुने,
  • बिऊहरु चाउरी पर्ने;
  • फलको भेट्नो तिरबाट पहेंलिदै पाक्ने तर टुप्पोतिर हरियो नै रहने ।

 1

रोकथामका उपायहरु

  • रोगी बिरुवाको हालसम्म उपचार पत्ता नलागेको । तसर्थ बगैंचामा यो रोग भित्रिन नदिनु नै उत्तम उपाय हो ।
  • नयाँ बगैंचा स्थापना गर्दा बिरुवाहरु १२०० मी. भन्दा धेरै उच्चाईमा रहेको नर्सरीहरुमा जालीदार घर भित्र उत्पादन गरिएको रोग मुक्त स्वस्थ बिरुवाको प्रयोग गर्ने ।
  • सिट्रस सिल्ला किराको व्यवस्थापन गर्ने ।
  • रोगी बिरुवालाई बगैंचाबाट तुरन्तै हटाई नष्ट गर्ने ।