सिट्रस ट्रीस्टेजा भाइरस

यो एक भाइरसबाट लाग्ने रोग हो । यो रोग लाही किरा, कलमी बिरुवा तथा प्रुनिङ्गं गर्न प्रयोग गरिएको औजारहरुबाट सर्दछ ।
लक्षण

  • बोट पहेंलिने, चाँडो ओइलाउने, टुप्पोदेखि सुक्दै आउने र केहि वर्षमा नै बोट मर्ने;
  • पातलाई सूर्यको प्रकाश तिर पारेर हेर्दा नसाहरु प्रष्ट देखिन्छ;
  • अत्यधिक फूल फुल्ने र फलको आकार सानो हुने;
  • रोगी बिरुवाको बोक्रा खुईलाउँदा डाँठमा पिनले कोपेको जस्तो धब्बाहरु देखिन्छ ।

1

रोकथामका उपायहरु
 रोग प्रतिरोध गर्न सक्ने रुटस्टकहरु जस्तै तीनपाते सुन्तला
प्रयोग गर्ने ।
 सुट टिप ग्राफ्टिङ्गबाट भाइरस मुक्त बिरुवा उत्पादन गर्ने ।
 लाही किराको व्यवस्थापन गर्ने ।
 रोगमुक्त बोटबाट मात्र सायन प्रयोग गर्ने ।
 जाली घर भित्र उत्पादन गरिएका बिरुवाको प्रयोग गर्ने ।