फेद कुहिने रोग वा बेर्ना गल्ने रोग

परिचय 

यो गोलभेडा बालीको बेर्ना अवस्थामा लाग्ने ढुसी जन्य रोग हो । वेर्ना सारीसकेपछि पनि फेद कुहिने समस्या हुन सक्दछ । बेर्ना सार्दा नर्सरीमा माटो मुनी बेर्नाको जती भाग पुरिएकोछ, त्यती मात्र पुरेर रोप्ने ।

व्यवस्थापन

  • पारिलो ठाँउमा नर्सरी बनाउने ।
  • कार्बेन्डाजिम २ ग्राम प्रति केजी बीउका दरले बीउ उपचार गर्ने ।
  • रोग रहित माध्यममा बेर्ना तयार गर्ने साथै नाइट्रोजनको धेरै प्रयोग नगर्ने ।
  • बचावटका लागि बेर्ना सार्नु अगावै पाकेको गोवरमल १०० के.जी. मा २५० ग्राम ट्राइकोडर्मा जैविक विषादी मिसाई जमीनमा प्रयोग गर्ने यसैलाई नर्सरीको माटो उपचार गर्न प्रयोग गर्न सकिन्छ ।
  • ढुसीनाशक बिषादी बेभिष्टिन ५ ग्रा. प्रति वर्ग मि. नर्सरी ब्याडकोदरले माटो उपचार गर्ने ।
  • नर्सरीमा बीउ बाक्लो नछर्ने, पानीको निकासको व्यवस्था मिलाउने ।
  • बीउ छर्नु अगावै नर्सरी ब्याडको माटो निर्मुलीकरण गर्ने । (फर्मालिन प्रयोग गरेर वा सेतो प्लाष्टिकले छोपेर)
  • रोग देखा परे पछि ५ ग्राम ट्राइकोडर्मा १ लि. पानीका दरले बिरुवाको जरा र वरपरको माटो भिज्ने गरि प्रयोग गर्ने ।
  • ब्याडमा रोगको लक्षण देखिनासाथ कार्बेन्डाजिम वा म्यानकोजेव १ ग्राम प्रति लिटर पानीका दरले पानीमा मिसाई ड्रेन्चिङ्ग गर्ने । बेर्ना सार्ने बितिकै ट्राइकोडर्मा ५ ग्राम प्रति लिटर पानीमा वा कार्बेन्डाजिमयुक्त ढुसीनाशक बिषादी १ ग्राम प्रति लिटर पानीका दरले घोल बनाई जरा वरपरको माटो भिज्ने गरि प्रयोग गर्ने ।