ओईलाउने रोग (ढुसीजन्य)

परिचय 

ढुसीजन्य ओईलाउने रोगका कारक जीवाणुहरु माटोमा रहेका हुन्छन् । गोलभेडाको बोटमा रोग संक्रमणको शुरुवातमा तलका पातहरु पहेंलिन्छ । डाठँ काटेर हेर्दा भित्री भाग खैरो कालो देखिन्छ, पछि बोटहरु ओईलाउदछन् ।

व्यवस्थापन 

  • निरोधक जात र रोगरहित स्वस्थ बीउ प्रयोग गर्ने ।
  • रोग रहित वारीवाट उत्पादन गरिएको वेर्ना प्रयोग गर्ने ।
  • रोग लाग्ने वित्तिकै स्वस्थ बोटमा सर्न नदिन रोगी विरुवाहरुलाई उखेलेर नष्ट गर्ने ।
  • बाली चक्र अपनाउने, खाद्यान्न वाली र गोलभेडा एक पछि अर्को गरि लगाउने ।
  •  उचित मलखाद र सिंचाई प्रयोग गर्ने ।
  •  पानी निकासको उचित ब्यवस्था गर्ने ।
  • माटो उपचार गर्ने ।
  •  पुरानो रोगी बालीको अवशेष नष्ट गर्ने ।
  •  बचाउका लागि बेर्ना सार्नु अगाडी ढुसीनासक विषादी ट्राइकोडर्मा ५ ग्राम प्रति लिटर पानीमा वा कार्वेन्डाजिम १ ग्राम प्रति लिटर पानीको घोलमा जरा डुबाएर बेर्ना उपचार गरी रोप्ने ।
  •  ५ ग्राम ट्राइकोडर्मा १ लि. पानीका दरले बिरुवाको जरा वरपरको माटो भिज्ने गरि प्रयोग गर्ने । वा कार्वेन्डाजिम वा कार्वेन्डाजिम र म्यानकोजेवयुक्त ढुसीनाशक बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई जरा र वरपरको माटो भिज्ने गरी प्रयोग गर्ने, ड्रेन्चिब गर्ने ।