जरामा गाँठाे पार्ने रोग

परिचय 

बोटहरुको बृद्धि विकास राम्रो हुदैन । पातहरु पहेलिएर झर्न थाल्दछन् । त्यस्ता बोटको जरामा गिर्खाहरु हुन्छन् । पछि बोट ओईलाउदछ र मर्दछ ।

१

व्यवस्थापन 

  • रोग निरोधक जात लगाउने, बाली चक्र अपनाउने (खाद्यान्न वाली र गोलभेडा एक पछि अर्को गरि लगाउने अन्तरालमा लगाउने ।
  • फल टिपिसकेपछि बोट जरा सहित हटाउने । गिर्खा भएका विरुवा उखेलेर जलाउने ।
  •  बेर्ना उत्पादन गर्न अनिवार्य रुपमा माटो नीर्मलिकरण प्रविधि अपनाउने ।
  • निमको पिना २५ केजी प्रति रोपनीका दरले बेर्ना रोप्नु अगाबै जमिनको तयारीमा माटोमा मिसाउने ।
  •  प्लाष्टिक घर वरपर सयपत्री फूल लगाउने, तथा बेर्ना सार्नु अगावै जमिनमा सयपत्री लगाई त्यसलाई माटोमा मिलाउन सकिन्छ ।
  • माटो उपचार गरि निमाटोड नियन्त्रण गरेर बाली लगाउन सकिन्छ । माटो उपचार गर्दा सेतो प्लाष्टिकले माटो ढाकेर नीर्मलिकरण गर्ने, वा फर्मालिनको घोलले माटो भिजाई सेतो प्लाष्टिकले ढाकेर, वा हाईट्रोजनपेरोअक्साईड वा ब्लिचिङ्ग पाउडर प्रयोग गर्न सकिन्छ । रसायनिक तरिकाले माटो उपचार गर्दा माटोका लाभदायक शुक्ष्मजीवाणुहरुको बारेमा ख्याल गर्नु पर्दछ । यस प्रकार माटो उपचार गर्ने बिधि माटोबाट सर्ने ढुसी तथा व्याक्टेरियाजन्य रोग
    व्यवस्थापनमा समेत उपयोगी हुन्छ ।
  •  यसका अलवा माटोको जैविक तवरले उपचार गर्ने, प्लाष्टिक घरभित्रको गोलभेडा खेतीमा अन्तरबालीको रुपमा प्याज, लसुन लगाउने या अन्य बिधिहरुलाई एकीकृत रुपमा अपनाउने ।
  • गोलभेडाको कलमी विरुवा (Solanum sisymbryfoliumमा) रोप्ने ।