सृजना गोलभेडा बिउ उत्पादन

परिचय 

यो गोलभेडा नेपालमा विकास गरिएको पहिलो हाइब्रिड गोलभेडा हो । नेपालमा व्यवसायिक तरकारी खेतीको करिब ६० प्रतिशत क्षेत्रफल वर्णसङ्कर बीउले ढाकेको अनुमान छ  (के.सी. २०७१) । नेपाल कृषि अनुसन्धान परिषद्ले गोलभेंडाको वर्णसङ्कर जात सिर्जना विकास गरी वि. सं. २०६६ (सन २०१०)मा यस जातको पंजिकरण गरेको हो । सृजना गोलभेडा बेमौसमी खेतीको लागि उपयुक्त हुनाका साथै यसको स्वाद समेत उपभोक्ताले मन पराउने र ब्याक्टेरियावाट ओइलाउने रोग समेत सहन सक्ने गोलभेडाको जात भएकोले काठमाण्डौ उपत्यका लगायत आसपासका मध्यपहाडी क्षेत्रमा यसको प्लाष्टिक घरभित्र ब्यापक खेती हुँदै आएको छ ।

1

सृजना  Intermediate type  को गोलभेंडा हो । प्रायः हरेक ३ पातको अन्तरमा फूलको झूप्पा लाग्दछ । तलको फल टिपीसक्दा पनि माथिको फल लाग्दै जान्छ ।

  • बोटको उचाई                  : ४.५ देखि ५ मिटरसम्म ।
  • पहिलो फूल फूल्ने सम       :  बेर्ना सारेको ३० देखि ३५ दिनमा ।
  • फल तयार हुने समय         : बेर्ना सारेको ७५ देखि ८० दिनमा ।
  • फल टिप्ने अवधि               : ९ देखि १० महिना सम्म ।
  • प्रति बोट फूलको झुप्पा      : २० देखि २५ ।
  • प्रति झुप्पा फलको संख्या   : १० देखि १२ ।
  • प्रति बोट फल उत्पादन      : खुला खेतबारीमा– ४ देखि ४.५ केजी , प्लाष्टीक घरभित्र– १० देखि १२ केजी 
  • प्रति हेक्टर फल उत्पादन   : १०५ देखि  ११० टन ।
  • फलको आकार                :मुटु आकारको टुप्पा तिखो ।
  • फलको साइज                  :६० देखि  ८० ग्राम (मध्यम) ।
  • फलको रंग                       : रातो ।
  • फलको बोक्रा                    :  बाक्लो (४ देखि ४.८ मिलिमिटर) ।
  • स्वाद                               :मध्यम अमिलो ।
  • कुल घुलनशील ठोस पदार्थ  :५.२० ब्रीक्स ।
  • फलको उपयोग                 : सलाद र पकाएर खान उपयुक्त ।
  • भण्डारण क्षमता                 :  परिपक्व तर नपाकेको गोलभेंडालाई सामान्य भण्डारणमा बढिमा २ हप्ता सम्म राख्न सकिन्छ ।
  • रोगसहने सक्ने क्षमता          : ओईलाउने रोग (ब्याक्टेरियल वील्ट) सहन सक्ने ।
  • सिफारीशगरिएको उपयुक्त क्षेत्र  : मध्य पहाड र तराईका उर्वर तथा सिचिंत क्षेत्रहरु