वर्णसङ्कर बीउ उत्पादनका लागि ध्यान दिनु पर्ने कुराहरू

  • भाले र पोथीलाई छुट्टै नर्सरीमा रोप्ने र १८ देिख २२ दिनको बेर्नालाई बीउ उत्पादन गर्ने जग्गामा सार्नु पर्दछ । 
  • पहिलो फूल, सारेको ३० देखि ३५ दिनमा फुल्छ र पहिलो फूलको झुप्पालाई(First cluster) हटाउने।दोस्रो फूलको झुप्पावाट क्रसिङ् सुरु गर्नु पर्दछ। 
  • रोपेको एक हप्तापछि मरेको वेर्नाहरूलाई फेरि सार्ने । रोपेको एक महिना देखि लगातार ठिमाहा वा बेजात बोट हटाउनु पर्दछ । 
  • पोथी भन्दा भालेलाई १०÷१२ दिन अगाडि बीउ खसाली बेर्ना सार्नु पर्दछ । 
  • पोथीको बीउ जमाएको २५ दिन पछि १५ ÷ १५ दिनको अन्तरमा पुन तिन पटकसम्म भालेको बीउ जमाउनु पर्दछ । यसले गर्दा पोथी बोटमा फुल फुलुन्जेल क्रसिङ्ग गर्न पाईन्छ । 
  • माऊ बोटमा आँख्लाको बीचबाट निक्लिएको हाँगा वा मुनालाई चिमटेर हटाउनु पर्दछ । 

माऊ पोथी र भाले बोटलाई कम्तीमा २ मिटरको फरक दुरीमा रोप्नु पर्दछ ।

वर्णसङ्कर जात निकाल्दा माऊ बोटको व्यवस्थापन

  • हरेक झुप्पामा ३  देखी ५ वटा मात्र फल राख्ने ।  हरेक बोटमा ६०–६५ वा बढीमा ७० वटा सम्म फल राख्ने । 
  • भाले र पोथी रोप्दा ५ वटा पोथीलाई एउटा भालेको अनुपातमा रोप्ने ( सालाखाला २० प्रतिसतका दरले) । 
  • भाइरस वा अरु कुनै रोग लागेको बोटलाई उखाली नस्ट गरिदिने । 
  • परागसेचनदेखि बीउ बन्ने वेलासम्म नियमित रुपमा सिंचाइ  दिने कार्य गर्ने ।