प्राङ्गारिक प्रमाणिकरण

प्राङ्गारिक वा अर्गानिक कुनै उत्पादनको लेबलमा लगाइने शब्द हो, जसले त्यो उत्पादन प्राङ्गारिक खाद्यान्न उत्पादनको एक निश्चित मापदण्ड वा नियमअनुसार उत्पादन गरिएको छ भन्ने जानकारी दिन्छ । प्राङ्गारिक खाद्यान्न उत्पादन एउटा यस्तो खेति पद्दतिमा आधारित हुन्छ जसले बिभिन्न किसिमका रासायनिक तत्वहरु जस्तो कृत्रिम मलखाद, बिषादीहरुको प्रयोग बिना नै माटोमा  उत्पादकत्व  वृद्धि  गर्ने  र  कायम राख्ने  गर्दछ। यसरी साधारण अर्थमा भन्नुपर्दा कुनै पनि कृषि उपज प्राङ्गारिक खाद्यान्न उत्पादनको नियमानुसार विभिन्न रासायनिक तत्वहरुको  प्रयोग बिना नै उत्पादन गरिएको छ भनी प्रमाणित प्रदान गर्ने वा प्राप्त गर्ने प्रकृया

प्राङ्गारिक खेतिका निश्चित दायराहरु

  • समग्र उत्पादन प्रणालीलाई जैविक विविधता उन्मुख गराउने ।
  • माटोको जैविक क्रियाकलापलाई वृद्धि गर्ने ।
  • मित्रजीवहरुको संरक्षण गर्ने|
  • माटो, हावा र पानीलाई स्वस्थ राख्ने |
  • बालीचक्र, कोशेबाली, हरियो मललाई बाली प्रणालीको अभिन्न अङ्गकोरुपमालिइ खेति गर्ने ।
  • दीर्घकालिन रुपमा माटोको उर्वराशक्तिलाई कायम गर्ने ।
  • बाली र पशुको अवशेषलाई कुहाएर पुनः प्रयोग गर्दै खाद्यतत्वको आपूर्ति गर्ने |
  • कम्पोष्ट मल अधिक प्रयोग गर्ने ।
  • रोग किरा नियन्त्रणका लागि प्राकृतिक वनस्पति एवं जैविक विषादी प्रयोग गर्ने ।
  • भौतिक, कृषिगत तथा जै

पशुपालन व्यवस्थापन

कृषि प्रणालीका सन्दर्भमा खाद्य–चक्र व्यवस्थापन, प्राङ्गारिक पुनप्र्रयोग, कृषिजन्य उप–उत्पादनहरुको सदुपयोग र माटो, जैविक  विविधता  तथा  वातावरणसंरक्षणका दृष्टिले पशुपालन व्यवसायको महत्वपूर्ण भूमिका रहन्छ ।पशुपालनमा पशु–पंक्षीहरुको सन्तुलित आहार एवं शारीरिक तन्दुरुस्ती र पर्यावरणीय सन्तुलनका लागि निम्नानुसारका विधि अवलम्बन गर्नु पर्दछ|

बाली उत्पादन

  • माटोको उर्वराशक्ति तथा जैविक विविधता कायम गर्न निम्नअनुसार विधि अवलम्वन गरिनु पर्दछ|
  • उपयुक्त बाली चक्र र मिश्रित बाली प्रणालीको अनशरण|
  • पुनर्प्रयोग र पुनर्जीवित/पुनर्उत्पादन हुने आधारमा प्राङ्गारिक वस्तुको उपयोग|
  • रासायनिक  मलखाद  तथा  विषादी  प्रयोग  बन्द  गरी  रोग/किरा  व्यवस्थापनका लागि स्थानीय स्रोतमा आधारित अन्य एकीकृत विधिको प्रयोग