प्राङ्गारिक प्रमाणिकरण

प्राङ्गारिक वा अर्गानिक कुनै उत्पादनको लेबलमा लगाइने शब्द हो, जसले त्यो उत्पादन प्राङ्गारिक खाद्यान्न उत्पादनको एक निश्चित मापदण्ड वा नियमअनुसार उत्पादन गरिएको छ भन्ने जानकारी दिन्छ । प्राङ्गारिक खाद्यान्न उत्पादन एउटा यस्तो खेति पद्दतिमा आधारित हुन्छ जसले बिभिन्न किसिमका रासायनिक तत्वहरु जस्तो कृत्रिम मलखाद, बिषादीहरुको प्रयोग बिना नै माटोमा  उत्पादकत्व  वृद्धि  गर्ने  र  कायम राख्ने  गर्दछ। यसरी साधारण अर्थमा भन्नुपर्दा कुनै पनि कृषि उपज प्राङ्गारिक खाद्यान्न उत्पादनको नियमानुसार विभिन्न रासायनिक तत्वहरुको  प्रयोग बिना नै उत्पादन गरिएको छ भनी प्रमाणित प्रदान गर्ने वा प्राप्त गर्ने प्रकृया नै प्राङ्गारिक प्रमाणिकरण हो । प्राङ्गारिक बस्तु प्रमाणिकरण गर्नको  लागि  तालिम  प्राप्त  सरकारी वा गैह्सरकारी  संस्थाले  सरकारले जारी गरेको निश्चित मापदण्डभित्र रही शुल्क लिएर गर्ने गर्दछन् । यो प्रकृया बाहिरी देशको लागि भए सोही देशको मापदण्ड अनुसार उत्पादन भएको हुनुपर्दछ |

प्राङ्गारिक खेति प्रविधि