रोग, किरा तथा झारपात नियन्त्रण

 रोग, किरा र झार नियन्त्रणमा रासायनिक तवरबाट फ्याक्ट्री निर्मित साबुन तथा सर्पहरु लगायत कुनै किसिमको रासायनिक विषादी प्रयोग गर्न पाइदैन ।
 प्राङ्गारिक बालीमा रोग–किरा व्यवस्थापनमा –
क) निम, बकाईनो, रिठ्ठो, अर्खुल, तीतेपाती, असुरो, तुलसी, सूर्ती जस्ता वनस्पतिबाट बनाइने झोल तथा धूलोजन्य वानस्पतिक कीटनाशक,
ख) खनिज पदार्थ, खरानी, प्राङ्गारिक खुर्सानी, प्याज, लसुन र वनस्पति तेल,
ग) GMOs/LMOs बाहेक शुक्ष्म जीवाणू
घ) बत्ती, लिसो (टांसिने), फेरोमेन र खोल्से (Pitfall trap) पासो जस्ता भौतिक तरिका प्रयोग गर्न सकिन्छ ।
 तरकारी बालीमा अर्खुल (Derris elliptica) जस्ता वनस्पतिबाट निकालिएको झोलजन्य वानस्पतिक कीटनाशक छर्किएको बाली टिपानीका लागि सात दिनसम्म पर्खनु पर्दछ ।
 सूर्ती तथा सूर्तीजन्य वानस्पतिक विषादी माटोमा रहने किरा नियन्त्रणको लागि मात्प्रयोग गर्नुपर्दछ । आलु, सखरखण्ड र अन्य जरा खाने बालीहरुमा भने यो पदार्थ प्रयोग गर्न पाईने छैन ।
 च्याउ उत्पादनमा अप्राङ्गारिक तरिकाले उत्पादन गरेको पराल प्रयोग गर्न पाईंदैन ।
 प्राङ्गारिक तरिकाले व्यवस्थापन गर्न नसकिने हदसम्म रोग–किराको प्रकोप भई रासायनिक विषादी नै प्रयोग गर्नुपर्ने स्थिति आईपरेमा प्रमाणिकरण निकायलाई सम्पर्क गरी आवश्यक परामर्श एवं स्वीकृति लिनुपर्नेछ ।
 छापो राख्ने प्रयोजनको लागि धानको पराल र उस्तै सामग्री जुनसुकै स्रोतबाट ल्याउन पाईन्छ ।