रोग किरा व्यवस्थापनमा प्रयोग गर्न सकिने वस्तु र तिनको प्रयोग
क्र.सं. | सामाग्री | प्रयोग संकेत |
प्रयोग सम्बन्धी कैफियत |
१. |
क्र.सं. | सामाग्री | प्रयोग संकेत |
प्रयोग सम्बन्धी कैफियत |
१. |
क्र.सं. | सामाग्रीको नाम | प्रयोग सम्बन्धी कैफियत |
१. | खेतबारीमा उत्पादित वस्तुहरु तथा उप–उत्पादनहरु(जस्तै बदामको बोक्रा, उखुको खोइला, परालको छापो,आदि) | |
२. |
क्र.सं. | सामाग्रीको नाम | प्रयोग सम्बन्धी कैफियत |
१.
२. ३. ४. ५.
|
कम्पोष्ट, भर्मी कम्पोष्ट तथा गँहुत प्राकृतिक/हर्वल वस्तुहरु–दालचिनी तथा ल्वाङ्गको तेल, लसुन, |
प्रशोधनकर्ताले प्राङ्गारिक कृषि उपज प्रशोधन कार्यका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट अनुमति पत्र लिनु पर्दछ । विशेष निगरानी सूचीमा रहेकाप्रशोधित वस्तुहरुको हकमा विशेष अनुमति पत्र लिनु पर्दछ ।
अप्राङ्गारिक उपज तथा अन्य प्रशोधनमा उपयोग भएको स्थल, मेसिन, उपकरण तथा भाँडाकुँडाहरु प्राङ्गारिक उपज प्रशोधन गर्नु अगाडि राम्रोसँग सफा सुग्घर गर्नु पर्दछ ।
मुख्य कच्चा पदार्थ कुनै पनि रसायनबाट प्रदूषण मुक्त प्रमाणित प्राङ्गारिक उपज हुनुपर्दछ ।
प्राङ्गारिक मौरीपालनका लागि स्थानीय जातको मौरी (Apis cerena) को सवालमा दुई कि.मि. र युरोपियन मौरी (Apis mellifera) को सवालमा ४
कि.मि. क्षेत्र वरिपरि अप्राङ्गारिक खेतिपाती वा अन्य क्रियाकलाप भएको हुनु हुंदैन ।
मौरीको घारमा प्रयोग हुने काठ तथा अन्य स–साना सामाग्री र मह काढ्दा प्रयोग गरिने औजार तथा सामाग्री बुंदा ३.१२ अनुसार तय गरिएको प्राङ्गारिक मापदण्ड अनुसार हुनु पर्दछ ।
मौरीको मह काढ्दा पूरै चाका निचोरेर मह काढ्नु हुँदैन ।
रोग तथा परजीवी नियन्त्रणको लागि एन्टिबायोटिक तथा मौरीलाई हानिकारक हुन सक्ने औषधि प्रयोग गर्न हुँदैन ।
भण्डारण गर्दा प्राङ्गारिक र अप्राङ्गारिक उपजहरुलाई मिसाएर राख्नु हुँदैन ।
प्राङ्गारिक उपज राम्ररी प्याकिङ्ग गरिएको र उपभोक्तासम्म पुगुन्जेल सुरक्षित रहने गरी लेबल लगाईएको हुनुपर्दछ ।
प्राङ्गारिक उपज भण्डारण गरिने कण्टेनर र स्थान (कोठा या गोदाम)मा कुनै किसिमको रसायन प्रयोग गर्न पाईंदैन ।
भण्डारणमा कुनै रसायनको प्रयोगबाट प्राङ्गारिक उपज प्रदूषित नहुने गरी भौतिक तथा यान्त्रिक पासो राख्न पाइनेछ ।
फलफुल, बालीनाली तथा सागसब्जी पकाउन वा रंग विकसित गर्न कुनै किसिमको रसायन प्रयोग गर्न हुँदैन ।
रोग, किरा र झार नियन्त्रणमा रासायनिक तवरबाट फ्याक्ट्री निर्मित साबुन तथा सर्पहरु लगायत कुनै किसिमको रासायनिक विषादी प्रयोग गर्न पाइदैन ।
प्राङ्गारिक बालीमा रोग–किरा व्यवस्थापनमा –
क) निम, बकाईनो, रिठ्ठो, अर्खुल, तीतेपाती, असुरो, तुलसी, सूर्ती जस्ता वनस्पतिबाट बनाइने झोल तथा धूलोजन्य वानस्पतिक कीटनाशक,
ख) खनिज पदार्थ, खरानी, प्राङ्गारिक खुर्सानी, प्याज, लसुन र वनस्पति तेल,
ग) GMOs/LMOs बाहेक शुक्ष्म जीवाणू
घ) बत्ती, लिसो (टांसिने), फेरोमेन र खोल्से (Pitfall trap) पासो जस्ता भौतिक तरिका प्रयोग गर्न सकिन्छ ।
माटोको गुणस्तर सुधार गर्न कुनै किसिमको रासायनिक मल प्रयोग गर्न पाईंदैन ।
न्यूनतम् ९० दिन कुहाएर राम्रोसँग पाकेको गोबरमल वा गोबर ग्याँसबाट निस्केकोलेदो (Slurry)मल बाली काट्नु/टिप्नु भन्दा ३० दिन अगावै माटोमा मिलाउनु
पर्दछ । राम्रोसँग नपाकेको गोबर मल र गोबर ग्याँसबाट निस्केको लेदो प्रयोगगर्नुहुँदैन । यदि प्रयोग गर्नु पर्ने अवस्था आएमा बाली काट्नु÷टिप्नु भन्दा १२० दिनअगावै माटोमा मिलाई सक्नु पर्दछ ।
पाएसम्म र हुँदासम्म स्थानीय जात र प्राङ्गारिक प्रमाणिकरण भएका बिउ बिजनकोप्रयोग गर्नुपर्दछ। प्राङ्गारिक प्रमाणिकरण भएका बिउ बिजन नपाईएमा रासायनिकतरिकाले उत्पादित तर रासायनिक पदार्थ/विषादीमा उपचार नगरिएको बिउबिजन प्रयोग गर्न सकिनेछ। भर्खरै प्राङ्गारिक खेति शुरु भएको क्षेत्रमा प्रमाणिकरणनिकायले तोकेको समयावधि भित्र मात्र रासायनिक पदार्थ÷विषादीमा उपचार भएको बिउ प्रयोग गर्न सकिनेछ। अप्राङ्गारिक बिउ प्रयोग गरिने माथिकादुवैे अवस्थामा निरीक्षणका आधारमा आवश्यक निर्देशन सहित प्रमाणिकरण निकायको पूर्व स्वीकृति अनिवार्य हुनेछ ।