सामाजिक अधिकार र स्वच्छ व्यापार

  • प्राङ्गारिक उपज उत्पादन वा प्रशोधन गर्ने व्यक्ति वा समुदायले मजदूर तथा बालहित एवं अधिकारका बिषय सुरक्षित गर्न प्रचलित नियम कानूनको पालना गर्नुपर्दछ ।
  • सम्बन्धित निकायले उत्पादन तथा प्रशोधन क्षेत्रमा काम गर्ने सबै कर्मचारी, मजदूर तथा तिनका परिवारलाई सफा/स्वच्छ पानी, खाना, बसोबास, शिक्षा, स्वास्थ र यातायातको प्रबन्धमा ध्यान दिनु पर्दछ ।
  • कर्मचारीहरुको सामाजिक सुरक्षा, उचित वेतन, सञ्चयकोष, उपदान र महिला कर्मचारीहरुको लागि सुत्केरी बिदाको व्यवस्था हुनुको साथै समान काममा सबै कर्मचारीहरुलाई समान सुविधा उपलब्ध हुनु पर्दछ ।
  • ठूला उत्पादन तथा प्रशोधन ईकाईको शेयर निष्काशन गर्दा मजदूर र कर्मचारीहरुको लागि आरक्षण दिनुपर्दछ ।
  • ज्याला–मजदूरी सम्बन्धी निर्णय गर्ने अधिकार मालिक र मजदूर बीचको आपसी सहमतिमा हुने भए पनि देशको प्रचलित कानूनले तोकेभन्दा कम हुनुहुँदैन ।