पशुपालन व्यवस्थापन

कृषि प्रणालीका सन्दर्भमा खाद्य–चक्र व्यवस्थापन, प्राङ्गारिक पुनप्र्रयोग, कृषिजन्य उप–उत्पादनहरुको सदुपयोग र माटो, जैविक  विविधता  तथा  वातावरणसंरक्षणका दृष्टिले पशुपालन व्यवसायको महत्वपूर्ण भूमिका रहन्छ ।पशुपालनमा पशु–पंक्षीहरुको सन्तुलित आहार एवं शारीरिक तन्दुरुस्ती र पर्यावरणीय सन्तुलनका लागि निम्नानुसारका विधि अवलम्बन गर्नु पर्दछ|

बाली उत्पादन

  • माटोको उर्वराशक्ति तथा जैविक विविधता कायम गर्न निम्नअनुसार विधि अवलम्वन गरिनु पर्दछ|
  • उपयुक्त बाली चक्र र मिश्रित बाली प्रणालीको अनशरण|
  • पुनर्प्रयोग र पुनर्जीवित/पुनर्उत्पादन हुने आधारमा प्राङ्गारिक वस्तुको उपयोग|
  • रासायनिक  मलखाद  तथा  विषादी  प्रयोग  बन्द  गरी  रोग/किरा  व्यवस्थापनका लागि स्थानीय स्रोतमा आधारित अन्य एकीकृत विधिको प्रयोग

प्राङ्गारिक कृषिको आधारभूत सिद्धान्तहरु

  • दिगो विकासमा माटो, पानी, वनस्पती, जन्तु तथा मानव लगायत समग्र पृथ्वीलाई जीवन्त  बनाउनका  लागि  उपयुक्त  वातावरण  सिर्जना  गर्दछ (Principal of Health)
  • पर्यावरणीय प्रक्रिया र पुनःप्रयोग प्रणाली अनुसार उत्पादन गर्नुपर्दछ( Principal of Ecology)
  • सबैका  लागि  वातावरणीय  तथा  जीवनका  अवसरहरुलाई  निश्पक्ष  रुपमा  सुनिश्चित गर्दछ (Principal of fairness)
  • वर्तमान तथा भावी सन्ततीको स्वास्थ्य र वातावरण संरक्षणका लागि सावधानी र उत्तरदायीपूर्वक प्राकृतिक स्रोतहरुको व्यवस्थापन गर्दछ(Principal of Care)

परिचय

प्राङ्गारिक  कृषि’  दीगो  पर्यावरण  र  पारिस्थितिकीय  प्रणाली,  सुरक्षित,  गुणस्तरीय  तथा  पोषणयुक्त  खाना,  प्राणी  जातिको  कल्याण  र  सामाजिक  न्यायका  लागि  कृषि  प्रणालीमा  प्रयोग  हुने  निश्चित  प्रक्रियाहरुको  एकिकृत  उपागम (Approach) हो  ।  प्राङ्गारिक कृषि प्रणालीमा बाहिरी स्रोत तथा लगानीको न्यूनतम उपयोग गरिन्छ र वाली उत्पादन कार्यमा कृषि प्रणालीका केही उत्पादन सामाग्री तथा प्रक्रियाहरुको उपयोगलाईनकारिन्छ । सामान्य अर्थमा हानिकारक मल, बिउ, विषादी, सामग्री तथा व्यवहारहरुको प्रयोग नगरिकन स्वस्थ, सभ्य र सकेसम्म प्राकृतिक एवं स्थानीय श्रोत साधनकोप्रयोग गरेर गरिने कृषि कर्म प्राङ्गारिक क