प्राङ्गारिक प्रमाणिकरण प्रकृयाका विभिन्न तहहरु

फरक–फरक संस्थाहरुको फरक–फरक निरीक्षण तरिका र दायराहरु प्रयोग गर्ने भएतापनि नतिजा एउटै हुन्छ । हरेक संस्थाहरुले प्रमाणिकरणको लागि तीनवटा तहहरु प्रयोग गर्दछन् ।
तह १ : यो सबैभन्दा माथिल्लो तह हो । त्यसैले यो पूर्ण प्राङ्गारिक तह हो ।

आन्तरिक नियन्त्रण प्रणाली

आन्तरिक नियन्त्रण प्रणाली भनेको गुणस्तर निर्धारण प्रणालीको एउटा लिखितदस्तावेज हो । यसमा उत्पादन प्रक्रियामा प्रयोग भएका सबै सामाग्री एवं गतिबिधिहरुको विवरण राखिन्छ, जसले बाह्य प्रमाणिकरण निकायलाई समूह सदस्यको बार्षिक रुपमा निरीक्षण र प्रमाणिकरण गर्ने आधार प्रदान गर्दछ |

आन्तरिक नियन्त्रण प्रणाली

आन्तरिक नियन्त्रण  प्रणाली  भनेको  गुणस्तर  निर्धारण  प्रणालीको  एउटा  लिखितदस्तावेज हो । यसमा उत्पादन प्रक्रियामा प्रयोग भएका सबै सामाग्री एवं गतिबिधिहरुको विवरण  राखिन्छ,  जसले  बाह्य  प्रमाणिकरण  निकायलाई  समूह  सदस्यको  बार्षिक  रुपमा निरीक्षण र प्रमाणिकरण गर्ने आधार प्रदान गर्दछ

तेश्रो पक्षीय प्रमाणिकरण (Third Party Certification)

 यसमा उत्पादकको उत्पादन निरीक्षण गर्ने निरीक्षक, छुट्टै प्रमाणिकरण निकाय र उत्पादक गरी तीन पक्षको प्रत्यक्ष र स्वतन्त्र भूमिका निर्वाह भएको हुन्छ । यसका निरीक्षण र प्रमाणिकरणको काम पूर्णत बाहिरी संस्थाबाट गराउनु पर्ने भएकोले महँगो हुन्छ तर बढी भरपर्दो र विश्वासनीय भएकोले बजारीकरणका लागि सकारात्मक हुन्छ ।

सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली

 सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली(Participatory Guarantee System) भनेको आफ्नो क्षेत्रभित्र भएका उत्पादन प्रकृयालाई उत्पादक आफै र आफ्ना क्षेत्रमा भएका उपभोक्ताहरु बीचको  कार्यसम्बन्ध  स्थापना गरी आवश्यक परेको  अवस्थामा सम्बन्धित  संघसंस्थाका  प्रतिनिधि  समेतको रोहवरमा  उत्पादन  प्रक्रियाको  अनुगमन मूल्याङ्कन गरी प्रमाणिकरण गराउने पद्धतिलाई सहभागितामूलक प्रमाणिकरण भनिन्छ । यसमा  प्रमाणिकरण गर्ने संस्थालाई बोलाई रहनु नपर्ने भएकोले  सस्तो पर्दछ तर यस्तो समूहले स्थानीयस्तरमा सानो क्षेत्रभित्र मात्रै विश्वास आर्जन गर्न सक्ने भएकोलेव्यापारको दायरा पनि सानो नै हुन्छ । यसको लागि उत्पादक,व्यापार