कागतीको पुतली

  • यो पुतलीको लार्भालाई शुरुको अबस्थामा हेर्ने हो भने पातमा चराको बिष्टा जस्तो देखिन्छ र यसको  लार्भा अबस्थामा शरिरमा रौ हुदैन । यसले बिरुवाको पात खाएर बोट नाङगो पारिदिन्छ|

          नियन्त्रण गर्नेउपाएहरु:

पतेरो

  • यो कीराका बच्चा तथा बयस्कले फलमा सुँढ घुसाई रस चुस्दछन् जसको कारणवाट फल झर्दछ
  •  फल नभएको बखतमा यिनिहरु नयाँ पात र हाँगामा बस्दछन्

           नियन्त्रण गर्ने उपाएहरु:

ध्वाँसे (Sooty Mould)

  • पात, हाँगाविगा तथा फलमा कालो मखमली ढुसीले छोप्दछ । यी ढुसीहरु लाही, कत्ले कीरा आदिको गुलियो बिष्टामा बिकास हुन्छन् ।
  • कीरा नियन्त्रणको लागि कीटनाशक बिषादीको प्रयोग गर्ने वा बोर्डोमिश्रणमा आलसको तेल वा स्टिकर मिसाई प्रयोग गर्ने वा एक लिटर पानीमा ५ ग्राम चिनि मिसाएर छर्कनाले ढुसी पाप्रा परेर झर्दछ 
ध्वसे

फल कुहाउने औँसा

  • भाद्र महिना देखि कार्तिकसम्म बिशेष गरी जुनार र निवुवाको फल पहेलो हुने वेलामा खैरो रंगको झिंगाले फुलपार्ने अंगको सहायताले बोक्रामा प्वाल पारी फल भित्र फुल पार्दछ र औसाले फल कुहाउँदछ

          औसाको नियन्त्रण गर्ने उपायहरू:

सिट्रस सिल्ला (citrus psilla)

  • यो सेतो खालको चुसाहा कीरा हो जसले ग्रिनिङ रोग सार्न मद्दत गर्दछ र १००० मी. भन्दा माथिको स्थानमा यसको गतिबिधि कम भएको बिश्वास गरिन्छ 
  •  कामिनी फुलको बोट भएमा नष्ट गर्ने र कीरा नियन्त्रण गर्न मालाथियन १–१.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने तथा नियमित रुपमा बगैचा निरिक्षण गर्ने

psilla

कत्ले किरा

  • यिनिहरुले स–साना बिरुवा देखि पुराना वोटसम्मको रस चुस्दछन् । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ
  •  सर्भो १५ मि.लि.

लाही

  • यिनिहरुले कलिला पात र वोटको मुन्टा चुसी बोटको बृद्धिमा असर गर्दछन्  साथै सिट्रस ट्राईस्टेजा भाईरस र  अन्य ब्याक्टेरिया सार्न मद्दत गर्दछ । यसले गुलियो पर्दाथ निकाल्दछ जसमा ध्वाँसे रोगका जिबाणुको बृद्धि हुन्छ
  •  साबुन,सुर्ती र पानीको मिश्रण वा गहुँत पानी (१ः४) प्रयोग गर्ने र थोप्ले खपटेको संख्या बृद्धिमा जोड दिने

गवारो (fruit and shoot borer)

  •  यसको लार्भाले वोटको हाँगामा प्वाल पार्दछ । प्वाल पारेको हाँगा चिरेर हेर्दा कालो टाउको भएको हल्का पहेले शरिर भएको लाभ्रे देखा पर्दछ ।
  • बगैचाको सरसफाईमा ध्यान दिने, चोर हाँगाहरु हटाउने,सुकेका हाँगाहरु काटेर जलाउने र गवारोले पारेको प्वालमा कपासमा मट्टितेल चोवी प्वालभित्र हाली माटोले टालिदिने ।

पात खानुवा (leaf minor)

  • यसको लार्भाले पातमा सुरुङ बनाई पातको हरितकण खाई पातलाई जालीजस्तो बनाउँदछ साथै कोत्रे रोगलाई सार्न मद्धत पु–याउँदछ 
  •  यसको नियन्त्रण गर्न सावुन, पानी र सृुर्तिको झोल प्रयोग गर्ने वा रोगर १.५ मि.लि.

गुलाबी रोग (pink disease)

  • यस रोगको प्रकोप बर्षात शुरु हुनुभन्दा अगाडि वा पछाडि शुरु हुन्छ र आक्रमण भएको हाँगा  ओइलाएर मर्दछ
  •  ग्रसित हाँगामा शुरुमा चाँदीजस्तो टल्कने सेतो ढुसीको तह देखा पर्दछ जुन गुलावी रंगमा परिणत हुन्छ । यस रोगको अत्याधिक प्रकोप भएमा बोक्रा ठाडो चिरा परी फुट्दछ र गम निस्कन्छ ।
  • रोग लागेका हाँगा काटि जलाउने र काटेको भागमा बोर्डो पेष्ट लगाई बोटमा बोर्डोमिश्रण छर्ने । बगैचाको सरसफाईमा ध्यान दिने एवं बाक्ला घाम नछिर्ने जेलिएका हाँगा हटाउने