धुले ढुसी (powdery mildew)

  • नयाँ कलिला पात, हाँगा , चोर हाँगा तथा डाँठमा सेतो खरानी छर्केजस्तो देखा पर्दछ । यसलाई हावाले फैलाउँदछ ।
  • चोर हाँगा हटाउने ,गन्धकको धुलो छर्ने वा केराथेन १.५ मि.लि.

जरा कुहिने रोग (ROOT ROT)

  • जरा कुहिए तर्फको पातहरु पहेलो भई झर्दछ । पात पहेलो भएतर्फको जरा खोतलेर हेरेमा जराको बोक्रामा पानी सोसिएको, जराको बोक्रा कुहिएको तथा जराको भित्रि भाग खैरो देखिन्छ ।
  •  कुहिएका जरा काटेर हटाई जरालाई बोर्डोमिश्रण १५ को घोलले भिजाउने वा कपर अक्सिक्लोराईड युक्त बिषदी २ ग्राम प्रति लिटर पानीमा राखेर  जरा भिजाउने
  • बोटको १ मिटर सतह वरीपरी पानी जम्न नदिने ब्यवस्था मिलाउने तथा माटो खुकुलो पार्न कम्पोष्ट मलको प्रयोग गर्ने  

बगैंचा व्यवस्थापन

उच्च घनत्व बगैचामा सुन्तलाजात फलफुल लगाउँदा बगैचा ब्यबस्थापनमा उचित ध्यान पु–याउन आबश्यक छ । त्यसकारण राम्रो ब्यबस्थापनको लागि निम्न कुरामा ध्यान दिनुपर्दछ

खानजोत तथा खेति प्रणाली

  •  फलफुल लगाएको ५–६ बर्षसम्म अन्र्तबाली लिन सकिन्छ । बाली लगाउँदा कोसेबालीहरु (भटमास, मास,लहरा नजाने बोडी आदि) लगाउने तर कोदो र मकै भने नलगाउने
  •  आषाढ देखि भाद्र सम्म गहिरो खनजोत नगर्ने
  • बर्षायाम शुरुहुनुभन्दा पहिले फेद बरिपरी पानि नजम्ने ब्यबस्था मिलाउने तथा फेद बरिपरिको झारपात हटाउने
  •  सुन्तला लगाएको जमिनमा हलोले गहिरो गरि नजोत्ने
  • पौष र जेठ महिनामा १÷१ पटक बोर्डो मिश्रण छर्ने ( १० ग्राम घरपोत्ने चुन, १० ग्राम निलोतुथो १ लिटर पानी) तथा बोर्डो पेष्ट ( १०० ग्राम घरपोत्ने चुन, १००

तालिम तथा काँटछाँट

उच्च घनत्व बगैचा प्रणालीमा  बोटको कद नियन्त्रण गरी प्रति एकाई उत्पादन बृद्धि गर्न यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।फलको गुणस्तर बढाउन, रोग किरा ब्यबस्थापन कार्यलाइ सहज बनाउन, बोटलाइ स्वस्थ , उत्पादनशिल तथा टिकाउ राख्न तालिम तथा काँटछाँट आबश्यक छ ।

सानो बोट काँटछाँट

मलखाद

मलखादको प्रयोग गर्नु पूर्ब माटोको नमुना परिक्षण गराई माटोमा नपुग तत्वको समुचित प्रयोग गर्न सकेमा माटोमा संतुलित खाद्यतत्व ब्यबस्थापनमा सहयोग पुग्दछ । सुन्तलाको राम्रो उत्पादनलिन निम्न अनुसारको सन्तुलित मलखादको प्रयोग गर्न सिफारिस गरिएको छ  

विरुवाको उमेर (बर्ष)

गोठेमल (के.जी)

बेर्ना रोप्ने तरिका र समय

  • सुन्तलाजात फलफुल पहाडी भेगमा  असार–श्रावण महिनामा गह्रामा रोपिने फलफुल हो त्यसैले खाडलको रेखांकन गर्दा माथिल्लो लाईनको बिरुवाले तल्लो लाईनलाइ नछोप्ने गरी त्रिकोणाकार रुपमा गर्ने
  • एउटा खाडल देखि अर्कोको दुरी ३– ४ मीटर राखि ३ह् ३ह् ३ फिट गहिरो खाडल  चैत्र–वैशाख महिनामा खन्ने
  • खाडल खन्दा मथिल्लो आधा भागको माटो एकतर्फ र तल्लो आधा भागको माटो अर्कोतर्फ राखि कम्तिमा २०–२५ दिन खाडलमा घाम पर्न दिने
  • मथिल्लो आधाभागको माटोले १ फिटजति खाडल भर्ने र बाँकी माटोमा माटोमा २ डोका राम्ररी पाकेको कम्पोष्ट,

बेर्ना छनोट

  • फेदबाट १०–१५ से.मीको बिचमा कलमी गरिएको स्वस्थ १–१.५ बर्षको
  • समुन्द्र सतहबाट १००० मीटर भन्दा माथि नर्सरी गरी उत्पादन गरिएको ग्रिनिङ रोग मुक्त १–१.५ फिट अग्लो