माटो
प्रशस्त प्रांगारिक पर्दाथ भएको,दूई मिटर सम्म खन्दा ढुंगा नआउने, कडा चट्टान नभेटिने, बर्षादको पानि नजम्ने (माटोको पि.एच. ६.५ को आसपास भएको)
प्रशस्त प्रांगारिक पर्दाथ भएको,दूई मिटर सम्म खन्दा ढुंगा नआउने, कडा चट्टान नभेटिने, बर्षादको पानि नजम्ने (माटोको पि.एच. ६.५ को आसपास भएको)
नेपालमा सुन्तला खेती ८०० देखि १४०० मिटर उच्चाईसम्म समशितोष्ण हावापानी भएका स्थानहरुमा गर्न सकिने भएतापनि राम्रो फल उत्पादनको लागि १००० देखि १२०० मिटर उच्चाईसम्म अति उत्तम हुन्छ । नेपालको मध्य पहाडी भागको समुन्द्री सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएका उत्तरी मोहडा । सिंचाइको ब्यबस्था भएमा र उचित ब्यबस्थापन गर्न सकेमा दक्षिणि मोहडामा पनि लगाउन सकिन्छ । उत्तर दिशा तर्फ फर्केका पहाडी भेगमा फलेको सुन्तलाको स्वाद झनै स्वादिलो हुने गरेको पाइएको छ । सुन्तला खेतीको लागि तापक्रम तथा प्रकाशको अहम भूमिका हुन्छ । उचाई बढ्दै जाने क्रममा पानी पर्ने ठाउँमा बढी हुस्सु लाग्ने र ढाकिरहने हुन्छ । फल स्वरूप यसको
सुन्तलाजात फलफुल नेपालको मध्यपहाडी भेगको प्रमुख नगद आर्जनको माध्यमको रुपमा रहेको सदाबाहार फलफुल हो । सुन्तलाको पाकेको फलमा प्रशस्त मात्रामा भिटामिन ए,बी, सी पाउनुको साथै क्याल्सियम, म्याग्नेसियम, सोडियम, पोटासियम, सल्फर र फलामजस्ता खनिज तत्वहरु थोरै पाइन्छन् । सुन्तलाजात फलफुलले आ.ब. २०६३/६४ सम्ममा नेपालको कुल फलफुलको क्षेत्रफल मध्ये २९.४५ प्रतिशत (२७९८० हे.) क्षेत्रफल ढाकेको छ । कास्की जिल्लामा सुन्तलाजात फलफुल ६५० हे.मा ब्यबसायिक रुपमा खेति हुदै आएको छ जसको कुल उत्पादनशिल क्षेत्रफल ३६१ हे.